दाङ। लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई दशैं खर्च दिएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई दशैं खर्च बापत २५ हजार रुपैया हस्तान्तरण गरेका हुन। रकम दिदै अर्थमन्त्री मास्किले यो रकमको सदुपयोग गर्न सुझाव दिए । मंगलबार मन्त्रालयमा पुगेका राउटे समुदायले दुई लाख दशैं खर्च माग गरेका थिए । उनीहरुले प्रत्येक वर्ष तीज, दशैं तथा तिहारमा सरकारसंग आर्थिक सहयोग माग्ने गरेका छन् । केही दिनदेखि उनीहरू लुम्बिनीका विभित्र सरकारी कार्यालयमा गएर दशैं खर्च माग्दै आएका छन् ।
Advertisement