• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ८. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ९. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • १०. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरुलाई बचाउने सरकारको प्रपञ्च : एमाले नेता ज्ञवाली


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको बताएका छन् । पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको आरोप लगाए । सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम गरेको टिप्पणी गरे । यसै कारण एमालेले भ्रष्टाचार छानविनका लागि उच्च स्तरीय आयोग गठनको माग अघि बढाएको प्रस्ट पारे ।

    Advertisement

    स्व. नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बुधबार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले भ्रष्टाचार सम्बन्धि मुद्दाहरुमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी गरे । भ्रष्टाचार सम्बन्धि मुद्दामा सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गर्दै नेता ज्ञवालीले भने ‘सरकार आफैको हात सफा छैन । यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ।’

    यसैगरी मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भिर नभएको टिप्पणी गर्दै नेता ज्ञवालीले मुलुकले ईतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे । ‘ईतिहासमै पहिलो पटक राजश्व संकलन गरेर कर्मचारीलाई तलब पुर्याउन समेत नसक्ने अवस्था सिर्जना भएको छ । निर्माण व्यवसायीहरुले काम पूरा गरेर पनि ८० अर्ब बढी भुक्तानी पाउन सकेका छैनन् ।’–नेता ज्ञवालीले भने, ‘प्रत्येक दिन आर्थिक संकटका कारण व्यवसायीले आत्महत्या गर्नुपरेको छ । तर सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’ प्रत्येक दिन व्यवसायीक प्रतिष्ठान तथा सटरहरु खाली हुँदै गएको उल्लेख गर्दै उनले सरकारले सीमिति व्यपारीलाई मात्रै पोष्ने काम गरेको टिप्पणी गरे । करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले सीमित व्यापारीलाई काखी च्यापेर अरुलाई पाखा लगाउने काम गरेको उल्लेख गरे ।

    नेपालको असंग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको उल्लेख गरे । ‘हाम्रो राष्ट्रियतामाथि कालो बादल मडारिएको छ ।’–ज्ञवालीले भने, सरकार भने आफ्नो सत्ता टिकाउनका लागि असंलग्न राष्ट्रको नीतिलाई तोड्दै गएको छ । दक्षिण एसियमा शक्ति राष्ट्रहरुको उदय हुँदै जानु र युरोपीयन मुलुक तथा सर्व शक्तिमान मानिएको अमेरीकको प्रभाव कम हुँदै जाँदा शक्ति संघर्षले त्यसको नकारात्मक प्रभाव नेपालमा पनि पर्ने उल्लेख गरे । विश्वको राजनीतिक तरल अवस्थामा रहेको बताउँदै उक्त कुरालाई बेवास्ता गरेर वर्तमान सरकारले अन्तर्राष्ट्रिय कुटनीतिमा लिने गरेको असंलग्न राष्ट्रको नीतिलाई छोड्दै जाँदा समस्या आउन सक्नेतर्फ सचेत गराए ।

    कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जिवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै एमाले उपमहासचिव ज्ञवालीले पार्टी भित्र अराजकता देखिएको भनि चिन्ता व्यक्त गरे । यसको समाधानका लागि जिवराजको विचार अनुशरण गर्नुपर्ने बताए । नयाँ शक्तिहरुप्रति इंगित गर्दै ज्ञवालीले पछि दर्ता हुँदैमा र पछि जन्मिँदैमा नयाँ हुने नभई विचारले नयाँ हुन आवश्यक रहेको उल्लेख गरे । जिवराजको विचार र उनको जिवनीबाट पाठ सिक्दै पार्टीलाई सदृढ गरी बलियो राष्ट्रिय शक्ति निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

    जिवराज आश्रित प्रतिष्ठान नेपाल र नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको संयुक्त आयोजनामा ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जिवराज आश्रितको दृष्टिकोण’ विषय विचार गोष्ठी आयोजना गरिएको थियो ।

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ३.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ४.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ५.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ६.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ७.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ८.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...