देवदह । रुपन्देहीको देवदह नगरपालिका–२, वडा कार्यालयले खोजमुलक संस्कृति र सम्पदासंग सम्बन्धित पुस्तक’ढेकावर’को लोकापर्ण गरेको छ। युगीन साहित्य समाज नेपाल देवदहको सहयोगमा वडा कार्यालयले ढेकावर संस्कृति र सम्पदा प्रकाशन गरेको हो। वडाअध्यक्ष दलबहादुर राकसकोटीले पुस्तक लोकापर्ण गर्नु भएको हो। वडाभित्र रहेका ऐतिहासिक स्थल, ऐतिहासिक सम्पदा, वडामा रहेका विभिन्न जातजातीको जनसंख्या, ढेकावरको नामाकरण र कला, संस्कृतिको वारेमा उल्लेख गरिएको छ। कार्यक्रममा लेखन तथा सम्पादन मण्डलका संयोजक यज्ञप्रसाद न्यौपानेले खोजमुलक डेकावर संस्कृति र सम्पदाको वारेमा प्रकाश पार्नु भएको थियो।
