• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

अस्तित्व रक्षाको गठजोड समाजवादी मोर्चा हो :अर्याल


  •   आइतबार, असार १०, २०८० मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची । नेकपा एमालेका सचिव पद्मा अर्यालले समाजवादी मोर्चाले नेपाली राजनितीमा कुनै प्रभाव पार्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको छैठौं पुर्ण बैठकलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले अस्तित्व रक्षाको निम्ति गठजोड गरेर बनाईएको मोर्चाको क्षणिक आत्मरती लिने बाहेक अर्को कुनै काम नभएको बताउनुभयो ।
    गत निर्वाचनमा महागठबन्धन सँग एक्लै भिडेको नेकपा एमाले सँग समाजवादी मोर्चाको कुनै पनि ठाउँमा प्रतिस्पर्धा हुन नसक्ने उहाँको जिकिर थियो । गत निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतको हिसाबले सबैभन्दा ठुलो दल भएको स्मरण गराउँदै उहाँले समाजवादी मोर्चामा सबैदल सामेल भएपनि नेकपा एमालेलाई टक्कर दिन नसक्ने दाबी समेत गर्नुभयो ।
    प्रचण्ड नेतृत्वको बर्तमान सरकारका कारण मुलुक असफल राष्ट्र बन्ने खतरा बढेको भन्दै उहाँले हरेक सुचकमा नेपाल कमजोर बन्दै गएको गुनासो गर्नुभयो । नेकपा एमालेले सरकारमा रहेको समयमा राष्ट्रिय स्वाधीनता, बिकास ,सामाजिक न्याय ,आर्थिक र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण काम गरेको स्मरण गाउँदै उहाँले मुलुक बनेको देख्न नचाहनेहरुले षड्यन्त्र मुलक ढंगले एमालेलाई सरकार बाट हटाएको आरोप लगाउनु भयो ।
    पुर्व मन्त्री समेत रहनु भएकी नेतृ अर्यालले जनताको अपार समर्थन सहित नेकपा एमालेले फेरि पनि सरकारको नेतृत्व गर्ने र नयाँ उत्साहका साथ काम गर्ने दावी गर्नु भयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य ठाकुर गैरेले सरकारले पतनको यात्रामा तय गरेको बताउनुभयो । वर्तमान सरकारलाई देश र जनता प्रति थोरै पनि माया नभएको भन्दै उहाँले सरकार जतिसमय चल्छ राष्ट्रले त्यत्तिनै क्षति व्यहोर्नुपर्ने बताउनुभयो । नेकपा एमाले अर्घाखाँचीका जिल्ला ईन्चार्ज समेत रहनु भएका उहाँले अर्घाखाँचीको पार्टी कमिटीलाई अझै गतिशील र जुझारु बनाउने दावी समेत गर्नुभयो । युवा नेता गैरेले नेकपा एमाले सानातिना समस्यामा आत्तिने र सहजतामा मात्तिने पार्टी नभएको बताउनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश पार्टी स्कुल बिभागका प्रमुख लक्ष्मण ज्ञवालीले नेकपा एमाले सँग तुलना गर्न लायक राजनितीक पार्टी नेपालमा नभएको बताउनुभयो । उहाँले हरेक जटिल परिस्थितिमा मुलुकको बागडोर नेकपा एमालेले समाल्दै आएको भन्दै राष्ट्र निर्माणको निम्ति नेकपा एमाले सधैंव तत्पर रहेको दावी गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले सबै वर्ग ,जाति ,क्षेत्र र समुदायका समस्या नेकपा एमालेले मात्रै समाधान गर्ने वताउनुभयो । उद्देश्य र बिचार बिहिन केही राजनितीक दलहरूले जनतालाई दिग्भ्रमित पार्न खोजेको भन्दै सचेत भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता ,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोज बहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमबहादुर बि.क.,चेतनारायण आचार्य , केन्द्रीय सल्लाहकार समितिका सदस्य नरेन्द्र कुमार क्षत्री ,लक्ष्मण रायमाझी ,प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,प्रदेश कमिटी सदस्य जनार्दन खनाल ,बिजुला रायमाझी ,कुटमदिन अलि,जिवनारायण कोईराला , बुद्धिराम भुसाल ,प्रेमनारायण गैरे,,दलबहादुर भट्टराई ,केवी भुसाल ,प्रमिला क्षेत्री ,सरोज भुसाल ,रामबहादुर रायमाझी ,वावुराम आचार्य ,भविश्वर पाण्डे ,भोजबहादुर गन्दर्व,भरत पौडेल , जिल्ला कमिटीका उपसचिव शम्भु प्रसाद पोख्रेल ,भिम के.सी.लगायतको उपस्थिति थियो ।
    बैठकमा नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,सीतगंगा नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठ ,भुमिकास्थान नगर कमिटीका ईन्चार्ज खगेश्वर पन्थी ,मालारानी गाउँ पालिका कमिटीका अध्यक्ष सालिकराम भुसाल ,छत्रदेवका अध्यक्ष रामजी पाण्डे र पाणिनिका सह-ईन्चार्ज उमानाथ पौडेलले र सन्धिखर्क बिशेष कमिटीका अध्यक्ष खुबिराम आचार्यले आ-आफ्नो पालिकामा भएको कामको रिपोर्टिङ गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, असार १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation