रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएनन् । याे सँगै एमालेले लुम्बिनीमा बहुमतकाे सरकार गुमाएको छ । साेमबार प्रदेशसभाकाे १० अाै बैठकमा उनले मागेकाे विश्वासको मत बहुमतबाट अस्वीकृत भएकाे हाे । प्रदेश सभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनकाे पक्ष र ५३ जना विपक्षमा रहेकाेले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएकाे घाेषणा गरेका छन् । सभामुख घर्तीले याे सँगै सदनकाे बैठक अर्को सूचनामार्फत बाेलाउने भन्दै स्थगित भएकाे जनाएका छन् । चैत १२ गते लुम्बिनीमा रहेका ८ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चाैधरीलाई मुख्यमन्त्री बनाउने दावीसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् । उनीहरूले विश्वासको मत गुमाएसँगै धारा २ अनुसार नयाँ सरकार बन्ने प्रक्रियामा जाने बताएपनि एमाले संसदीय दलकाे अाइतबार बसेकाे बैठकले विश्वासको मत नपाए धारा ३ अनुसार सरकारकाे दावी गर्ने निर्णय गरेकाे छ ।
लुम्बिनीपनि ढल्याे एमाले नेतृत्वको सरकार
लुम्बिनीपनि ढल्याे एमाले नेतृत्वको सरकार
Advertisement
तपाईको प्रतिक्रिया