अनिल खत्री, गुल्मी । साझा नेटवर्क मिडिया प्रालि गुल्मीले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान, पत्रकार सम्मान तथा भित्ते पात्रो बिमोचन गरेको छ । भित्ते पात्रो रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले बिमोचन गरेकी हुन् ।
पात्रो बिमोचन गर्दै रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले सञ्चार क्षेत्रको विकाससँगै बिश्व साँघुरिएको बताइन् । उनले बिश्वकै घटना छिनभरमै हातहातमा हेर्न पाइने विकास भइरहेको बताइन् ।
उनले पछिल्लो समय अनलाइन सञ्चार माध्यमले निकै फड्को मारेको बताइन । सबैक्षेत्रको सुशोेचित गर्ने संस्था सञ्चार माध्यम भएकाले सहि सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन ।
साझा नेटवर्क प्रालिले बिगत १४ वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको साझा नेटवर्क मिडिया प्रालि गुल्मीका सम्पादक दीपक खनालले बताए । साझा नेटवर्कलाई बिभिन्न तबरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशिल पत्रकार प्रिन्स मीश्र र रञ्जीत चौरासीयालाई सम्मान गरिएको संस्थाका सल्लाहाकार हिमशिखर रसायलीलले बताए । संस्थाले नयाँ वर्षको अबसरमा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मान गर्दै आएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
साझाद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन
साझाद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन
Advertisement
तपाईको प्रतिक्रिया