• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

ट्रेड युनियनको ज्ञापन पत्रबारे कोशीका कर्मचारी संगठनको असहमति


  •   बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
  • विराटनगर। कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले फरक मतसहित छुट्टै ज्ञापनपत्र बुझाएका छन् ।
    केन्द्रको घोषित कार्यक्रम अनुसार कर्मचारी संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजमती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), मधेशी कर्मचारी मञ्च र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले सरकारलाई आज देशैभर संयुक्त रुपमा ज्ञापन पत्र बुभाएका हुन् । संयुक्त रुपमा बुझाइएको ज्ञापनपत्रको बुँदा नम्बर १६ र २१(२) मा आफ्नो असहमति जनाउँदै कोशी प्रदेश नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले भने छुट्टै ज्ञापनपत्र बुझाएको अध्यक्ष रुद्र सुवेदीले जानकारी दिए ।
    केन्द्रले बुझाएको बुँदा नम्बर १६ को प्रदेशको प्रमुख सचिव र प्रदेश सचिव संघीय निजामती सेवाको पद हुने र त्यस्तो पदमा राजपत्राङ्कित विशिष्ट श्रेणीको पदाधिकारीलाई कनिष्टताको आधारमा प्रदेशको प्रमुख सचिव र राजपत्राङ्कित प्रथम श्रेणीको पदाधिकारीलाई जेष्ठताको आधारमा कम्तीमा १ वर्षको लागि प्रदेश सचिवमा खटाउने व्यवस्था गर्ने उल्लेख छ । यस्तै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाको कर्मचारी खटाउने व्यवस्था गर्ने । त्यस्तो पदमा जेष्ठता र कार्य क्षमताको आधारमा तोकिएको बमोजिमको पदको कर्मचारी खटाउने व्यवस्था कायम गरी एकमुष्ट रुपमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा खटाउने र सम्बन्धीत मुख्यमन्त्री कार्यालयले स्थानीय तहमा खटाउने व्यवस्था गर्ने । यो व्यवस्था यो ऐन लागू भएपश्चात संक्रमणकालिन व्यवस्थाको लागि प्रदेश र स्थानीय तहको जनशक्ति विकास नभएसम्म ५ वर्षका लागि कायम गर्ने उल्लेख छ ।
    उक्त बुँदामा कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले संघीयताको मर्म विपरीत भएको भन्दै प्रदेशको प्रमुख सचिव संघीय निजामती सेवाको र प्रदेश सचिव प्रदेश निजामती सेवाको पद हुने उल्लेख गरेका छन् । यस्तै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाको कर्मचारी खटाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।
    यस्तै केन्द्रले बुझाएको ज्ञापन पत्रको बुँदा नम्बर २१ (२) मा प्रतिस्पर्धात्मक परीक्षाको माध्यामबाट संघको कर्मचारी समेत प्रदेश र स्थानीय तहमा जान पाउने प्रावधान राख्ने । समायोजन भएर गएका कर्मचारीलाई स्थानीय र प्रदेशबाट संघमा समेत आउन सक्ने व्यवस्था गर्ने र त्यस्तो कर्मचारीको हकमा उमेरको हद नलाग्ने विषय उल्लेख छ ।
    उक्त बुँदामा पनि असहमति जाहेर गर्दै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले प्रदेश लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले पनि संघमा जान पाउनु पर्ने र त्यस्ता कर्मचारीहरुको सेवा निरन्तरता समेत कायम रहनुपर्ने उल्लेख छ ।
    ‘बुँदा नम्बर १६ संघीयताको भावना र मर्म विरुद्धमा भएको र बुँदा नम्बर २१ ले प्रदेश र स्थानीय तहका कर्मचारीलाई संघीय कर्मचारी सरह स्वीकार गर्न नसकी विभेदपूर्ण व्यवहार गर्न खोजेकोले हामीले असहमति जाहेर गरेर ज्ञापन पत्र बुझाएका हौं,’ नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का कोशी प्रदेश अध्यक्ष सुवेदीले भने, ‘मुलुक राजनीतिक रुपमा संघीयतामा गइसकेपछि यसको कार्यान्वयनको लागि प्रशासनिक पुनःसंरचना अत्यन्त आवश्यकता रहेको बेला बुँदा नम्बर १६ ले केन्द्रीकृत मानसिकताबाट प्रशासनिक संयन्त्रलाई संचालन गर्ने दुष्प्रयासलाई टेवा पुर्याएको र यसले संघीयता र भावना, मर्मलाई कमजोर बनाउँदै अन्ततः संघीयताप्रति नै जनतामा वितृष्णा बढाउन सहयोग गर्ने देखिएकोले हामीले त्यसलाई सच्याउन दबाब दिएका हौं ।’
    नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सचिवालय सदस्य रेवती ढुंगानाले १६ र २१ बुँदा नसच्चिएमा प्रदेश र स्थानीय तहका सम्पूर्ण कर्मचारीहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । ‘१६ बुँदा संघीयताको विरुद्धमा छ र २१ बुँदाले कर्मचारीहरुबीच विभेद सिर्जना गर्न खोजेको छ । यसर्थ सम्पूर्ण कर्मचारी संगठनहरुले गम्भीरतापूर्वक यो विषयलाई लिएर सच्याउनुपर्छ,’ उनले भने ।

    Advertisement

    बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ४.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ६.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ७.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ८.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation