प्यूठान। नेकपा एमाले प्यूठानद्वारा संचालित मिशन ग्रास रुट अभियानले तिब्रता पाउँदै गएको छ।
अभियान अन्तर्गत जिल्लाका ९ वटै पालिकामा मिशन ग्रास रुट अभियानका कार्यक्रमहरु संचालन भैरहेको एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले जानकारी दिए।
‘गाउँ, टोल, बस्ती र जनजनमा पुग्ने गरि हाम्रा कार्यक्रमहरु संचालन भैरहेको छन्। अध्यक्ष विष्टले भने, ‘संगठन शुदृढीकरण तथा विस्तार मुख्य अभियान हो।’
पार्टीका नीति विचार कार्यक्रमबारे तल्लो तहसम्म जानकारी गराउने कार्यक्रम मिशन ग्रास रुट भएको उनले बताए।
आज शुक्रबार प्यूठान नगरपालिका वडा नं ८ मा कार्यक्रम सम्पन्न गरिएको छ। वडा स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अजय सिंहले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षित गरेका थिए। सिंहले भने, ‘देशमा स्थिरता र दिगो विकासका लागि ५१ प्रतिशत जनमत हासिल गर्ने गरि हामी जनतामा जानुपर्छ।’
समृद्ध नेपाल सुखी नेपालीको सपना एमाले बाहेक अरु राजनैतिक दलले पूरा गर्न नसक्ने उनले ठोकुवा गरे।
भेलामा जिल्ला सचिवालय सदस्य हिरामणी भण्डारी, जिल्ला कमिटी सदस्यद्वय प्यार अलि खान, पवित्रा जिसीले प्रशिक्षण मन्तव्य राखेका थिए।
भेलाले वडा नं ८ साविक धर्मावती गाविसका ९ वटै वडामा वडा टोल भेला गर्ने योजना बनाएको वडा कमिटी उपसचिव सरिता दसौदीले जानकारी दिईन्। दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा प्यूठान नगरपालिका कमिटी सदस्य माधवराज भण्डारीले स्वागत मन्तव्य राखेका थिए। मिशन ग्रास रुट कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरु खटिएको एमाले प्यूठानले जनाएको छ।
मिसन ‘ग्रास रुट’ : प्यूठानका टोल वस्तीमा कार्यक्रम
मिसन ‘ग्रास रुट’ : प्यूठानका टोल वस्तीमा कार्यक्रम

Advertisement
तपाईको प्रतिक्रिया