• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

लुम्बिनीका मन्त्रालय ब्यबस्थापनको तयारी, लमही केन्द्रित हुने सँकेत


  •   शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लुम्बिनी प्रदेश सरकारले राजधानी ब्यबस्थापनका लागी स्थानिय नेतृत्वसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

    Advertisement

    शुक्रबार मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालय ब्यबस्थापन सम्बन्धी छलफल भएको हो । राजधानी परिसर भित्र मन्त्रालयका भवन निर्माणको चरणमा रहेकाले तत्कालका लागि ब्यबस्थापनको उपाए खोज्न छलफलको आयोजना गरिएको मुख्यमन्त्रि लिला गिरीले बताए ।

    लुम्बिनी प्रदेशमा नया सरकारले मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी अन्तिम चरणमा छ । यो भन्दा अघि प्रदेशमा १३ मन्त्रालय थिए ।
    जसमध्य हालसम्म राजधानी परिसर भित्र ६ वटा मन्त्रालय स्थापना भएर कामकाज शुरु गरिसकेका छन । मुख्यमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय, बन तथा वातावरण मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भुमि ब्यबस्था मन्त्रालय, भौतिक पुर्बाधार बिकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय स्थापना भईसकेका छन ।
    यो भन्दा अघि स्वास्थ्य मन्त्रालय सिसहनियामा स्थापना भईसकेको छ । भने सामाजिक बिकास मन्त्रालय, जलस्रोत ब्यबस्था, ग्रामिण तथा शहरी बिकास मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालयलाई राजधानी परिसर बाहिर स्थापना गर्ने प्रदेश सरकारले तयारी थालेको छ ।

    मन्त्रालय ब्यबस्थापनका लागि स्थानिय सरकार नेतृत्व तथा राजनितिक दलहरुले सकारात्मक धारणा ब्यक्त गरेका छन । जसले गर्दा केही मन्त्रालय लमहीमा स्थापना हुने सम्भावना बढेर गएको छ । देउखुरीको एकमात्र प्रमुख बजार मध्यमा पर्ने लमहीमा सरकारी तथा संघ सँस्थाका पर्याप्त भवन भएकाले लमहीमा मन्त्रालय स्थापनाको सम्भावना बढेको हो । देउखुरीका अन्य स्थानमा पर्याप्त भबन नभएकाले पनि लमहीमा मन्त्रालय स्थापनाका लागि सहमती भएको छ ।

    लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमहीमा मन्त्रालयका लागि पर्याप्त भवन भएको र त्यसको लागि आफू लागिपर्ने बताए ।
    उनले लमहीमा पुर्बाधारहरु थुप्रै भएको बताउँदै मन्त्रालयका लागि लमही स्थित ब्यापारिक भवन र नगरबिकाश समितीको भवन पनि उपलब्ध गराउन सकिने प्रतिबद्धता ब्यक्त गरे ।
    लमहीमा मन्त्रालय स्थापनाका लागि आफुपनि सकारात्मक रहेको लमही नगरका निबर्तमान मेयर कुल बहादुर केसीले बताए । ‘पुर्बाधारका लागि हामी मिलेर हल गर्न सक्छौ, मन्त्रालयका लागि लमही उपयुक्त क्षेत्रपनि हो केसीले भने-लमही देउखुरीको प्रमुख बजार पनि हो, हामी कुनै कुरामा कञ्जुस नगरी सहयोग गर्न तयार छौँ ।’
    लमहीमा मन्त्रालय स्थापनाका लागि राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी र राजनितिक दलहरुले सहयोग गर्ने बताएका छन ।

    राजधानीका लागि यसै क्षेत्रका संघसँस्था, स्थानिय सरकार, राजनितिक दल लगायतले सहयोग गरे राजधानीको काम तिब्र रुपले अघि बढ्ने मुख्यमन्त्रि लिला गिरीले बताए । स्थापना भईसकेको राजधानी अनेत्र नसर्ने बिश्वास दिलाउँदै मुख्यमन्त्रि गिरीले प्रदेश सरकारको सम्पुर्ण काम अब देउखुरी बाटै हुने प्रतिबद्धता ब्यक्त गरे । ‘७ मन्त्रालय स्थापना भईसके, अब ३ बाँकी छन, त्यो पनि छिट्टै स्थापना हुनेछ मुख्यमन्त्रि गिरीले भने-मन्त्रालय भबनको टेण्डर भएर निर्माण प्रक्रियामा छन, तत्कालका लागि सबैको सहयोगको खाँचो छ, देउखुरीबाटै सेवा दिउँ भन्ने हाम्रो उद्वेस्य हो ।’

    मुख्यमन्त्रि गिरीले बुटवल र घोराही जानू भन्दा सेवा ग्राहीलाई लमही नै पायक पर्ने बताए ।

    शनिबार, माघ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • २.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ३.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ४.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ५.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ६.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ७.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation