सनिउल्ला धोबी, कपिलवस्तु। सव डिभिजन वन कार्यालय खरेन्द्रपुरले शिवराज नगरपालिका–३ स्थित भितारिया गाँउमा छापा मारेर करिब ९० क्युफिट काठ बरामद गरेको छ । काठ सहित भितारिया बस्ने बर्ष २१ का रुपेश थारुलाई समेत पक्राउ गरेको बन कार्यालयले जनाएको छ ।
बरामद गरिएका काठमा विभिन्न साइजका ९२ थान चिरान रहेको छ। सहायक वन अधिकृत एजाज अन्सारीको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र वन रक्षकसहित भितारिया पुगेको टोलीले उक्त काठ खोजतलास गरि बरामद गरेको थियो । छापा मार्ने क्रममा भितारिया अधिकांसको घर आँगनबाट लुकाएर राखेको अवस्थामा उक्त चिरान काठ बरामद भएको डिभिजन बन कार्यालय गौतम बुद्धका प्रमुख
दधिलाल कडेलले जानकारी दिनुभयो ।
बरामद काठ कपिलवस्तु साझेदारी बन समितिको जङ्गलबाट चोरी गरी ल्याइएको प्रारम्भिक अनुमान छ । तस्करको पहिचान खुलेकाले तस्कर विरुद्ध मुद्दा दर्ता गरी कारवाही अघि बढाइने डिभिजन वन कार्यालयले जनाएको छ । बन नियन्त्रण गर्नका लागि विशेष योजनाका साथ टोली परिचालन गरेको डिभिजन बन कार्यालय गौतम बुद्धका प्रमुख दधिलाल कडेलले बताउनुभयो ।
भितारियाको ६ घरमा छापा मार्दा सालको काठ र कर्मा जातको काठ बरामद गरेको डिभिजन वन कार्यालय (गौतम बुद्ध) ले जनाएको छ । बरामद काठ डिभिजन बन कार्यालय गौतम बुद्धलाई बुझाइएको छ ।
कपिलवस्तुमा नब्बे क्युफिट काठ सहित एक जना पक्राउ
कपिलवस्तुमा नब्बे क्युफिट काठ सहित एक जना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया