नवलपुर । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।
पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामनाका जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा बिक, १७ वर्षीय बिनय बिक, ६२ वर्षीया धनी बिक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।
उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।
दुर्घटनामा २७ जना घाइते भएका छन् ।घाइतेहरुलाई उपचारको लागि भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।
Advertisement