कपिलवस्तु। जनता प्रगतिशील पार्टीका युवा नेता मिर्जा राशिद बेगले कपिलवस्तुको क्षेत्र नं ३ का नेताहरुले विकासको नाममा जनतालाई ढाट्ने काम गरेको आरोप लगाएका छन् ।
कपिलवस्तु क्षेत्र नं ३ को (ख) बाट प्रदेश सभा पदको उम्मेदवार समेत रहेका मिर्जा राशिद बेगले यहाँबाट जितेका नेताहरुले विकासको नाममा नागरिकलाई गुमराहमा पारेको आरोप लगाउनु भयो ।
कपिलवस्तुको कृष्णनगर, लक्ष्मीनगर, बसन्तपुर, जवावैराठ, लगायतका स्थानमा विकासको कुनै पनि काम नभएको युवा नेता बेगले बताउनु भयो । यहाँबाट जितेका नेताहरुले आफ्नो पेट मात्र भरेको तर विकास नगरेको उहाले आरोप लगाउनु भयो ।
निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार अनुसार चुनावको क्रियाकलाप अघि बढाएको उम्मेदवार बेगले बताउनु भयो ।
