अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले जनप्रतिनिधि जनताको सेवक भएको बताउनुभएको छ । नेकपा एमाले मालारानी द्वारा वडा नं. २ को विभिन्न ठाउँमा आयोजित जनभेटघाट कार्यक्रममा मन्तव्य राख्दै उहाँले जनप्रतिनिधि जनताको सेवक बन्न सक्नुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालको राजनितीमा विकृति पैदा भएको प्रति गुनासो गर्दै उहाँले व्यक्तिगत स्वार्थ र लाभको निम्ति राजनिती गर्नेहरुलाई जनताले तिरस्कार गर्नुपर्ने वताउनु भयो । नेकपा एमालेलेको तर्फबाट अर्घाखाँची जिल्ला क्षेत्र नं.-१ (क) बाट उम्मेदवार बन्नु भएका उहाँले आफू विशुद्ध जनसेवाको निम्ति राजनितीमा लागेको बताउनुभयो । सांसद मन्त्री भएको समयमा पनि अहोरात्र जनताको सेवामा खटेको स्मरण गराउँदै उहाँले पदमा रहेको समयमा व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर काम गरेको दावी गर्नुभयो । आचार्यले जिल्लाको बिकासको निम्ति नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र आफुहरुले पुर्याएको योगदान कुनै पनि दलका नेतासँग तुलना हुनै नसक्ने जिकिर गर्दै फेरि पनि एकपटक मतदान गरेर नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला सचिव तोजवहादुर रायमाझी र उपसचिव शम्भुप्रसाद पोख्रेलले नेकपा एमालेले हारे देश र जनाले हार्ने भन्दै नेकपा एमालेलाई विजयी गराउनुपर्नेमा जोडदिनु भयो।
हामीले जनताको सेवक भएर काम गर्छौं : आचार्य
हामीले जनताको सेवक भएर काम गर्छौं : आचार्य

Advertisement
तपाईको प्रतिक्रिया