प्यूठान । प्यूठानमा पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । सोमवार राष्ट्रिय जनमोर्चा प्यूठानको कार्यालय खलंगामा बसेको बैठकले छुट्टाछुट्टै संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको हो।
राष्ट्रिय जनमोर्चाका बोम बहादुर खत्रीको संयोजकत्वमा प्रतिनिधिसभा निर्वाचन परिचालन समिति बनेको छ । जसमा नेपाली कांग्रेसका सुवास केसी, नेकपा (माओवादी केन्द्र)का नारायाण अधिकारी, नेकपा(एकीकृत समाजवादी)का राजकुमार कक्षपति, नेपाल समाजवादी पार्टीका श्याम गहतराज सदस्य रहेका छन।
प्रदेश क्षेत्र नम्वर १ मा नेकपा(माओवादी केन्द्र) का यज्ञ बहादुर केसीको संयोजकत्वमा समिति बनाइएको छ । जसको सदस्यमा नेपाली कांग्रेसका टोपाराम कालाथोकी, राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य, नेकपा (एकीकृत समाजवादी)का कृष्ण रायमाझी, नेपाल समाजवादी पार्टीका शिवबहादुर पुन रहेका छन।
नेपाली कांग्रेसका नीमा गिरीको संयोजकत्वमा प्रदेश क्षेत्र नम्वर २ को निर्वाचन परिचालन समिति बनाइएको छ । जसको सदस्यमा नेकपा (माओवादी केन्द्र)का विश्वबन्धु थापा, राष्ट्रिय जनमोर्चाका तिलक जिसी, नेकपा (एकीकृत समाजवादी)का दलबहादुर केसी र नेपाल समाजवादी पार्टीका दामोदर गिरी रहेका छन।
निर्वाचन परिचालनको लागि जुम्री, चकचके र बाग्दुलामा सम्पर्क कार्यालय स्थापना गर्ने बैठकले निणर्य गरेको बक्तव्यमा उल्लेख छ ।