• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

यी हुन् प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार, १३ नयाँ अनुहार, १३ पुरानै


  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • अर्जुन आचार्य,विराटनगर। प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ ।
    माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो । प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईसँग मैदानमा उत्रने उनी माओवादीका केन्द्रीय सदस्य हुन् । उनी राजकीय भूमिकामा जाने कसरत सहित पहिले पटक चुनावी मैदानमा होमिएका हुन् ।
    माओवादीले झापा २ मा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हरिकुमार रानालाई उम्मेद्वार बनाएको छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इञ्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् । उनी पनि संघीय सांसद पदका लागि पहिलो पटक निर्वाचनमा होमिएका छन् ।
    यता मोरङको क्षेत्र नं. ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । उनीहरु दुबै यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नं. ४ मा एमाले र जसपाको गठबन्धनबाट एमालेका विनोद ढकाल र क्षेत्र नं. ५ मा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । मोदी र मण्डलका लागि संसदीय निर्वाचन पुरानै खेल हो भने प्रतिस्पर्धी उम्मेद्वारमध्ये यादवका लागि नयाँ हो । एमालेबाट उम्मेद्वार बनेका ढकाल भने पटकपटक निर्वाचनमा उम्मेद्वार बनेपनि विजयी बन्न नसकेका नेता हुन् ।
    उता सुनसरीको क्षेत्र नम्बर १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले र जसपाको गठबन्धनबाट अशोक राईले उम्मेदवारी दिएका छन् । जसपा सत्ता गठबन्धनमै हुँदा प्रदेशसभा सदस्यका लागि तयारी गरिरहेका मेन्याङ्बोले अन्तिममा संघमै टिकट पाएका हुन् । राईको बाहुल्य रहेको सो क्षेत्रबाट निर्वाचन जित्न मेन्याङ्बोले राम्रै कसरत गर्नुपर्ने देखिएको छ । यद्यपि काँग्रेसको समर्थन गरेको र एमालेबाट उम्मेद्वार नभएको अवस्थामा उनलाई केही सहज देखिन्छ ।
    भोजपुरमा माओवादीले निवर्तमान सांसद सुदन किरातीलाई उम्मेदवार बनाएको छ । उनीसँग नेकपा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीयस्तरमा लोकप्रिय र चिरपरिचित प्रतिस्पर्धी उनका लागि सहज बन्नसक्छ । यद्यपि शेरधन राई एमालेका लोकप्रिय नेताहुन् भने भोजपुरमा एमालेको संगठन बलियो रहेको छ । व्यक्तिगत छवि र प्रभावका कारण सुदनले निर्वाचन जित्ने धेरैले विश्लेषण गरेका छन् ।
    खोटाङमा माओवादीले प्रदेशका बहालवाला मन्त्री रामकुमार राईलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेका विशाल भट्टराई उम्मेदवार बनेका छन् । रामकुमार राईलाई सुरुमै गठबन्धन दल नेपाली काँग्रेसले बाघी उम्मेद्वार दिएका छन् । काँग्रेसलाई मिलाउन नसकेको खण्डमा उनका लागि निर्वाचन जित्न कठिन हुने देखिएको छ । त्यसमा पनि एमालेका चर्चित र स्थानीयस्तरमा लोकप्रिय नेता विशाल भट्टराईलाई पराजित गर्नु राईका लागि सहज देखिँदैन । उता, माओवादीको भागमा परेको भनिएको सोलुखुम्बु भने प्रदेशसभाको दुबै क्षेत्र लिएर प्रतिनिधिसभा काँग्रेसका बलबहादुर केसीलाई दिएको छ ।
    यसैगरि ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ । पाँचथरको २ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बनेका छन् भने इलामको २(२) बाट हर्क लावती उम्मेदवार बनेका छन् । लावती नयाँ अनुहार हुन् ।
    झापा ३ (१) बाट श्यामबीर लिम्बू, ३ (२) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४(१) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (२) बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बनेका छन् ।
    यसैगरी मोरङ १ (१) बाट निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा, मोरङ २ (१) बाट पार्टीका प्रदेश सचिब गणेश उप्रेती, मोरङ ६(१) बाट केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन् ।
    सुनसरी २(१) बाट हालै एमाले छाडेर माओवादीमा प्रवेश गरेका इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् भने सुनसरी ३ (१) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेलको उम्मेदवारी दर्ता भएको छ । धनकुटा २ बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम २ बाट दुर्गा चापागाई उम्मेदवार बनेका छन् । श्रेष्ठ निवर्तमान सांसद हुन् भने चापागाई पार्टीका केन्द्रीय सदस्य हुन् ।
    यसैगरी संखुवासभाबाट राजेन्द्र कार्की, सोलुखुम्बुको १ बाट कज्र्याङ शेर्पा, सोलुखुम्बुको २ बाट ठमनाथ पराजुली (ध्रुव), उदपयुरको १ (१) बाट नारायण बुर्जा मगर र उदयपुर २ (१) बाट राजन किराती उम्मेदवार बनेका छन् । ओखलढुंगा २ मा बाबुराम गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ । गौतम पनि संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।

    Advertisement

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation