रोल्पा। नेकपा (एमाले)का समानुपातिक उम्मेदवारको बन्दसूचीमा नयाँ पुस्ताका प्रभावशाली नेता–नेत्रीहरूलाई निर्वाचित हुने सुनिश्चित गरिएको छ।
Advertisement
केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह–ईन्चार्ज ईश्वरी जीएमलाई आदिवासी जनजाती महिला कोटाको चौथौ नम्बरमा राखिएको छ।
उनी केन्द्रीय कमिटीकी सबैभन्दा कम उमेरकी सदस्य हुन्। एमाले स्रोतका अनुसार जीएम सांसद निर्वाचित हुने सुनिश्चितजस्तै छ।
रोल्पाको नुवागाउँकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित भएकी थिइन्। पूर्वपत्रकार उनी भूगोलको राजनीतिमा सक्रिय छिन्।