• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

फेरि चर्चामा लमही नगरपालिका


  •   शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । अनेकौ बहानामा सधैजसो चर्चा बटुल्ने दाङको लमही नगरपालिका अहिले फेरि कर्मचारी सरुवाको बिषयमा चर्चामा छ ।

    Advertisement

    सरुवा भएर अन्यत्र गएका प्रमुख प्रशासकिय अधिकृत एक महिना नहुदै फेरि सरुवा मिलाएर लमही नगरमा फर्किएपछि बिबाद चुलिएको हो । उनलाई लमही नगरका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले सेटिङ र पावरको भरमा सरुवा मिलाएर ल्याएको वडाध्यक्षहरुले आरोप लगाएका छन । सहमती बेगर प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई बुधवार नगरका प्रमुख र उपप्रमुखले लुकिछिपी हाजिर गराएको पनि आरोप लागेको छ । डाँगीलाई बजारको कुनै होटलमा रजिष्टर लगेर गोप्यमा हाजिर गराएको वडाध्यक्षहरुले आरोप लगाए । यता नगरप्रमुख जोगराज चौधरीले भने यस बिषयमा आफुलाई जानकारी नभएको र कर्मचारी आउने जाने क्रम चलिरहने जवाफ फर्काए ।

    कार्यकारीको सरुवाकै कारण अहिले लमही नगरका ९ जना वडाध्यक्ष एकातर्फ छनभने नगरप्रमुख र उपप्रमुख अर्कातर्फ छन ।
    कार्यकारी डाँगीको करिब एक महिना अघि मात्र मधुवन नगरपालिका बर्दियामा सरुवा भएको थियो भने खाँडाचक्र नगरपालिका कालिकोटबाट कार्यकारीको जिम्बेवारीमा देबेन्द्र प्रसाद श्रेष्ठ लमही आएका थिए । आफू आएको एक महिना नहुँदै फेरि अर्का कार्यकारी आएपछि श्रेष्ठ अन्यौलमा छन । नगरका ९ जना वडाध्यक्ष सहित ४६ जना कार्यपालिका सदस्यहरु कार्यकारी डाँगीलाई स्विकार्न असमर्थ देखिन्छन् । नगरप्रमुख र उपप्रमुख भने डाँगीकै आबस्यक्ता रहेको राय ब्यक्त गर्छन ।

    विभिन्न सेटिङ गरेर पुरानै कार्यकारीलाई नगरमा ल्याईएको भन्दै नगरका ९ जना वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरु आन्दोलनमा छन । उनिहरुले बिहीवार लमहीमा पत्रकार सम्मेलन गरि सँघर्षका कार्यक्रमहरु सार्बजनिक समेत गरेका हुन । बिगतदेखी नै बिबादै बिबादमा मुछिएका कार्यकारी डाँगीलाई प्रमुख र उपप्रमुखले चोरढोका बाट हाजिर गराएको आरोप उनिहरुको छ ।गेहेन्द्र बहादुर डाँगी यो भन्दा अघिपनि सरुवा भएर जाने र फेरि लमही नगरमै फर्कनै क्रम चलिरहेको थियो । अहिलेपनि प्रमुख र उपप्रमुखले सोही प्रक्रिया निम्त्याएको भन्दै उनिहरुले तालाबन्दी सम्मका सँघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन ।

    बिहीवार प्रमुख र उपप्रमुखसँग यही बिषयमा छलफल गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यहरु नगरपालिका पुगेका थिए ।
    असन्तुष्ट कार्यपालिका सदस्यहरुले कार्यकारी डाँगीलाई लमहीमा स्विकार्न नसकिने र कार्यपालिका बैठक बसेर मन्त्रालय पठाउने निर्णय गर्नुपर्ने प्रमुख जोगराज चौधरी समक्ष प्रस्ताब गरेका थिए ।
    तर प्रमुख चौधरीले यस बिषयमा राजनितिक दलका नेताहरुसँग पनि सर सल्लाह गर्नुपर्ने बताएपछी छलफल निश्कर्ष बिहिन बनेको हो । त्यस लगत्तै प्रमुख र उपप्रमुख कार्यकक्षबाटै बाहिरिएका थिए ।

    निश्कर्ष बिहिन छलफलका कारण पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्बजनिक गर्नुपरेको लमही नगरका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बताए । बारम्बार डाँगीलाई लमहीमा झिकाउनुले ठुलै रकमको चलखेल भएको हुन सक्ने वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीले आरोप लगाए । टोलबिकाश सँस्थाले गरेका योजनाका रकम नियतबस रोक्का गर्ने कार्यकारीलाई कुनै हालतमा स्विकार गर्न नसकिने उनको भनाई छ । गत आर्थिक बर्षमा भएका कामहरुको भुक्तानी असार २५ सम्ममा गर्नुपर्ने भएपनि विभिन्न कारण देखाएर भुक्तानी हुन सकेको थिएन । करिब ९ करोड ५० लाख रकम बराबरको योजनाका फाईलहरु थन्किएका थिए । जसमध्य अधिकांस योजनाका फाईलहरु टोलबिकाश अन्तरगतका थिए । अढाई महिनापछि रोक्कामा परेका योजनाहरुको भुक्तानी ४ दिन अघि मात्र भएको कार्यकारी देबेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

    असन्तुष्ट प्रतिनिधीहरु भरखर आएका कार्यकारी देबेन्द्र प्रसाद श्रेष्ठको कार्य सम्पादनको मुल्याङ्कनका लागि भएपनि केही समय उनलाई लमहीमै राख्नुपर्ने धारणा राख्छन । प्रमुख र उपप्रमुखलाई कार्यकारी श्रेष्ठपनि अस्विकार्य भए डाँगी र श्रेष्ठ बाहेक जो कोहीलाई पनि आफुहरु स्विकार्न तयार रहेको वडा नम्बर ४ का वडाध्यक्ष सुवास न्यौपानेले बताए ।

    असन्तुष्ट पक्षहरुले आफुहरुको माग पूरा नभए दोस्रोदिन नगरपालिका अगाडी धर्ना, त्यस्रो दिन नगरपालिकाको मुलगेटमा तालाबन्दी र चौथो दिन पनि सुनुवाई नभए ९ वटै वडा कार्यालयहरु अनिश्चित कालका लागि बन्द गरिने जानकारी दिएका छन । लमही नगरका पुर्ब नगरप्रमुख कुल बहादुर केसीले पनि आफ्नो कार्यकालमा कार्यकारी डाँगीलाई नै रुचाएका थिए ।

    बहुमत नगरपालिकाको हविगत

    कार्यकारीकै लागि भनेर अल्झिएको बिबादका कारण सम्पर्ण वडाध्यक्ष र नगरप्रमुख उपप्रमुख बिभाजित बने ।

    यो आपसी मनमुटाबलाई कार्यकारीको सरुवाका कारण मात्र नभएर काँग्रेस भित्रको गुट उपगुटको संज्ञा दिन थालिएको छ ।

    सायद देशकै नगरपालिका मध्य लमही नगरपालिका बहुमत सहितको सरकार हो । लमही नगरमा ९ वटा वडा छन । यहाँ १ जना वडाध्यक्ष बाहेक सबै प्रतिनिधि नेपाली काँग्रेसबाट बिजयी बनेका प्रतिनिधि हुन । अत्यधिक बहुमत सहित लमही नगरको कार्यपालिका निर्माण भएपछी नगरबासीमा उत्सुक्ता छायो । लमही नगर तिब्र गतीमा बिकाश उन्मुख रहने कुराको सङ्कै भएन । तर समृद्ध नगर हेर्न चाहेका नगरबासीका सपना स्थानिय तह निर्बाचन भएको ५ महिना नबित्दै तुहिन थालेको छ । बहुमतको सरकार भएपनि दुईमहिना अगाबै बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न नसकेको एक सदस्यले भने ।

    लमही नगरका प्रतिनिधीहरुको आपसी लडाई नेपाली काँग्रेस भित्रको गुट उपगुटको उपज हो एक राजनितिक बिश्लेषकले भने । उनका अनुसार एकलौटी बहुमतको समयमा पनि निर्बाचित प्रतिनिधीहरु झगडामै ब्यस्त भएभने एमाले जस्तै पत्तासाफ हुने बताए । लमही नगरमा एमालेको तर्फबाट एकजनापनि प्रतिनिधि छैनन् । आन्तरिक किचलोका कारण लमही नगरले बद्नामी खेप्नुपर्ने अबस्था श्रृजना हुने देखिन्छ ।

    शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation