रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

रुकुमपूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्वर ३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । आज काठमाडौँदेखि रुकुमकोट आउँदैगरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटना स्थलमै ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाका अनुसार मृतकहरूको सनाखत भएको छैन ।
१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...