कामनाडेली, प्युठान। प्युठानमा नेकपा माओबादी केन्द्रका तर्फबाट चार जना नेताको नाम सिफारिस भएको छ ।
बुधबार बसेको जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री तथा कृष्णध्वज खड्का सहित चार जनाको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा नारायण प्रसाद अधिकारी, लिलामणी पोख्रेल र वाईबी थापाको पनि नाम सिफारिस गरिएको छ । यसअघि प्युठानबाट एमालेका पोलिट्ब्युरो सदस्य सुर्य थापा एकल सिफारिस भएका छन् । राष्टीय जनमोर्चाले केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने नेपाली कांग्रेस प्युठानले केन्द्रीय सदस्य डा. गोविन्दराज पोख्रेल सहित ७ जनाको नाम सिफारिस गरेको छ। त्यस्तै, बामदेव गौतम समेत प्युठानबाटै चुनाब लड्ने चर्चा छ।
