प्रचण्डलाई माओवादी नेताको खुला जवाफ : मसँग करोड छैन, चुनाव लड्न सक्दिनँ, सरी !

काठमाडौं,। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं, करोडौं रुपैयाँ नहुनेले चुनाव लड्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिने गर्छन् ।

जुन अभिव्यक्तिका कारण यतिबेला कतिपय नेता माओवादीभित्र उम्मेदवार नै नहुने अवस्था देखिएको छ ।

नेकपा माओवादी केन्द्र कपिलवस्तुले उम्मेदवार सिफारिस गरेका जिल्ला इन्चार्ज कमल चुदाली पौडेलले उम्मेदवार नबनाउन पार्टीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा खुला जवाफ लेख्दै पौडेलले निर्वाचन प्रणाली खर्चिलो भएकाले चुनाव नलड्ने जनाएका छन् । कपिलवस्तुको १ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका पौडेलले उम्मेदवार बन्न नसक्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘यो महंगो निर्वाचन प्रणाली ठेगानमा नआउञ्जेल चुनाव मेरो लागि असम्भव छ, सरी ! विशुद्ध राजनीति मात्रै गर्नेले अब चुनाव जित्न सक्दैनन्, जसले करोड वा लाखौं खर्च गर्नसक्छ उनैले जित्छन् ।’

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...