राजपुरमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

आलोक भावुक, दाङ(गढवा)।  दाङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निबासी अन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्‍याङबाट लडेर मृत्यु भएको हो।
आफ्नै घरको छतमा सुत्न गएका यादव  तल झर्ने क्रममा भर्‍याङबाट लडेर  गएराती घाईते भएका थिए।
घाईते यादवको भैरहवा स्थित अस्पतालमा मृत्यु भएको हो।
मृतक यादवको यही हप्ता छोरो जन्मिएको थियो। चार जना दिदि बहिनी र तिन भाई छोरा मध्ये मृतक यादव माईला छोरा हुन् । यादव एकदमै मिलनसार र सहयोगी थिए, अचानक मृत्युको खबरले परिवर, गाउँ समाज सोक डुबेको स्थानीय हेमराज यादवले बताउनु भयो।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...