पाल्पा। तानसेन नगरपालिका ४ शिलखानटोलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका ३ मा घर भइ बिगत केही समय देखि पाल्पा तानसेन नगरपालिका १ गैरागाउँमा बस्ने ३४ वर्षिय महेशराईको मृत्यु भएको हो।
Advertisement
राई तानसेन नगरपालिका ४ शिलखानटोलमा बस्ने झविन्द्र देवकोटाको घर बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए। उनको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बारे जिल्ला प्रहरी कार्यलय पाल्पाले अनुसन्धान गरिरहेको छ ।