अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यका लागि अर्घाखाँचीबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।
Advertisement
बैठकले प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य र प्रदेश सभा ‘ख’ मा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेलाई पार्टीले सर्वसम्मत सिफारिस गरेको छ ।