• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

मलले गोदाम भरियो, खेत रित्तै रहे

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ४. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ५. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ६. नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

  • ७. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ८. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ९. संघीयता कार्यान्वयनमा समन्वय बढाउन अन्तर-व्यवस्थापिका सम्मेलन सुरु

  • १०. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

थारु समुदायले अब अभावका गीत गाउने होइन ः सहरी मन्त्री चौधरी


  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • काठमाडौँ ।  सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा राखेका छन् ।
    बौद्धस्थित बरघर रेष्टुरेन्टमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन सफल थारु विद्यार्थीहरुको बधाई तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले भने, ‘हामीले जहिले दुःखका कुरा ग¥यौँ । अभावका कुरा ग¥यौँ । जाँड खाएर आफु बिग्रिएका कुरा ग¥र्याैँ । के बाहुनले अभाव झेलेका छैनन् ? के क्षेत्रीले दुःख खेपेका छैनन् ? के जाँड अरुले खाँदैनन् र ? मुख्य कुरा कमिटमेन्ट हो । आँट हो । हिम्मत हो । तसर्थ अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्छ ।’
    देश बदल्ने हरेक आन्दोलनमा झापा देखि कन्चनपुरसम्मका थारुहरुले योगदान गरेका छन् तर पनि किन नेतृत्वमा आएनन् भनेर सोच्नेबेला भएको बताउँदै मन्त्री चौधरीले थपे, ‘०४६ साल पछाडि राजनीति बदलिएको छ । थारु जाती अब भोट बैंक मात्र बन्ने होइन । प्रत्यक्ष राजनीतिमा सामेल हुने हो । राजनीतिमा आउन गाह्रो छ । सानो पदमा रहदा सबैले माया गर्छन् तर अलि माथि पुगेपछि घेराबन्दी गर्न थाल्छन् । तर पनि देश बदल्ने शक्ति राजनीतिमै छ । देश बनाउँने अभियानमा थारु जाती थप सक्रिय हुनैपर्छ ।’
    ०६२÷६३ मा मुलुक बिखण्डन गर्ने अभियानका विरुद्ध थारु समुदायले प्रतिरोध गरेको बताएका मन्त्री चौधरीले अबको १० वर्षभित्र मुलुकले थारु समुदायबाटै प्रधानमन्त्री पाउने दावी समेत गरे । हिम्मत र संघर्षबाटै अब्रहाम लिङ्कन, अरुणिमा सिंह, झमककुमारी प्रसिद्ध बनेको बताउँदै उनले बहिस्कृत मान्छेहरु नै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
    थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा थारु आयोगकी सदस्य शान्ती मोदी, सुरुंगा नगरपालिकाकी मेयर गिता चौधरी, नेपाल आदिवासी विद्यार्थी महासंघका बरिष्ठ उपाध्यक्ष दिनेश लोप्चन तामाङ, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यकाका सभापति सुमन चौधरी लगायतले मन्तव्य राखेका थिए। कार्र्यक्रममा एसइईमा विशिष्ट क्षेणी ल्याउने थारु समुदायका करिब दुई दर्जन विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण थारु विद्यार्थी समाजका सचिव रोशन रत्गैँयाले गरेका थिए ।

    Advertisement

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार
    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक
    पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित
    नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ४.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ५.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ६.
      नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ :

    भर्खरै

    • १.
      सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

    • २.
      प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

    • ३.
      गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

    • ४.
      राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

    • ५.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    • ६.
      काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

    • ७.
      ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

    • ८.
      पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation