• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

अर्घाखाँची-२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भए रामजी


  •   आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँची क्षेत्र नं.-२ को प्रदेशसभा सदस्यमा रामजी प्रसाद घिमिरेलाई  उम्मेदवार बनाउने भएको छ ।
    नेकपा एमाले २ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका प्रदेश सचिवालय सदस्य समेत रहनुभएका घिमिरेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । उहाँ अर्घाखाँची जिल्लाका लोकप्रिय नेता हुनुहुन्छ । प्रखर वक्ता समेत रहनुभएका घिमिरेले जिल्लाको बिकास निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ ।
    सर्वसम्मत उम्मेदवार चयन भएपछि नेता घिमिरेले कार्यकर्ताको विश्वास र जनताको अपार माया रहेको बताउनुभयो । उहाँले जनसेवा वाहेक आफुले जिवनमा कुनै पनि कुरा नस‍ोंचेको भन्दै जिवनभर देश र जनताको सेवामा समर्पित हुने बताउनुभयो । घिमिरेले पार्टी निर्णयलाई सहर्ष स्वीकार गर्दै सबै क्षेत्र बाट सहयोग पाउने अपेक्षा समेत प्रकट गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले नेकपा एमालेलेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
    उहाँले अहिले मुलुकमा राष्ट्रवादी र राष्ट्रघाती शक्तिको बीचमा भिडन्त भैरहेको भन्दै उहाँले राष्ट्रियताको रक्षा ,बिकास र समृद्धिको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । वर्तमान परमादेश सरकारका कारण मुलुकमा बिकास निर्माणको काम अबरुद्धभएको ,भ्रष्टाचारबढेको ,अनियमितता र अस्थिरताले प्रश्रय पाएक‍ो भन्दै उहाँले ५ दलिय गठबन्धनलाई जनताले निर्वाचनमा परास्त गर्ने बताउनुभयो ।
    नेकपा एमाले २ नं. प्रदेश समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेलको अध्यक्षता,सचिव कृष्णप्रसाद श्रेष्ठ र सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सह-ईन्चार्ज चेतनारायण आचार्य ,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउनुपर्ने बताउनुभयो ।
    बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समग्र योजना निर्माण र परिचालनको निम्ति प्रदेश निर्वाचन क्षेत्र नं.-२ मा नेकपा एमाले प्रदेश कमिटीका सदस्य जिवनारायण कोईरालाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । परिचालन कमिटीमा प्रदेश सल्लाहकार परिषद्का सदस्य ,क्षेत्र भित्रका जिल्ला सदस्य,क्षेत्रीय कमिटी ,पालिका कमिटीका पदाधिकारी ,वडा कमिटीका अध्यक्ष ,जनसंगठनका केन्द्र र प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका अध्यक्ष ,काठमाडौं र रुपन्देही सम्पर्क मञ्चका पदाधिकारी,लुम्बिनी सम्पर्क समन्वय कमिटीका सदस्यहरु रहेका छन् ।
    यसैगरी बैठकले क्षेत्रीय समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेलको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय क्षेत्रीय प्रचारप्रसार कमिटीको निर्माण गरेको छ ।
    कमिटीको सदस्यमा क्षेत्रीय कमिटीका सदस्य ,पालिका कमिटीका सदस्य ,वडा कमिटीका सदस्य,जन संगठनका जिल्ला तथा पालिका कमिटीका सदस्य एवं वडा पदाधिकारीहरु रहेका छन् ।
    यसैगरी बैठकले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रेमनारायण गैरे को संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन परिचालन कमिटी गठन गरेको छ ।
    कमिटीको सदस्यमा भीम के.सी.,कृष्णप्रसाद श्रेष्ठ ,युवराज श्रेष्ठ ,टेकराज न्यौपाने ,गीता भाट,रेशम थापा,मोतिजङ्ग रायमाझी ,श्रीकृष्ण भुसाल ,वसन्त श्रेष्ठ र गुनाखर अधिकारी रहनुभएको छ ।
    बैठकले पालिका तथा वडा तहसम्म असौज-१५ गतेसम्म निर्वाचन परिचालन ,प्रचारप्रसार ,स्वयंसेवक परिचालन ,आर्थिक व्यवस्थापन समिति गठन गर्ने लगायतका निर्णय गरेको एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क. जानकारी दिनुभयो ।

    Advertisement

    आइतबार, भदौ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation