एमाले पोलिट्ब्युरो सदस्य ठाकुर गैरे पाल्पा २ बाट सिफारिस

जनकराज भट्टराई, पाल्पा। नेकपा एमाले पाल्पाले जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ठाकुर गैरेलाई उम्मेदवार सिफारिस गरेको छ ।

आज  बसेको नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले नेता गैरेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य रहेका गैरे विद्यार्थी संगठनबाट राजनीतिमा आएका हुन। उनी अहिले  अनेरास्ववियुको केन्द्रिय अध्यक्ष हुँदै पार्टीको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज रहेर राजनीतिमा क्रियाशील छन् ।

नेता गैरेको प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रुपमा नाम सिफारिस भएपछि पाल्पा क्षेत्र नं. २ का मतदाता हौसिएका छन् । क्षेत्रले एक जुझारु एवं आशालाग्दो युवा नेता उम्मेदवार पाउनु नेकपा एमालेका लागि शुभसंकेत भएको नेता कार्यकर्ताहरुले बताएको नेकपा एमाले तानसेन नगरकमिटीका अध्यक्ष गुराँस आत्रेयले बताए ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...