रूपन्देही २ बाट विष्णु पौडेल सर्वसम्मत सिफारिस

सुरज भट्टराई, रुपन्देही। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागी बिष्णु पौडेलको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।

एमाले २ नं. क्षेत्रीय कमिटीको आईतवार बसेको बैठकले पार्टीका उपाध्यक्ष समेत रहेका पौडेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । रुपन्देहीलाई बिकासको रोलमोडल जिल्ला बनाउने भन्दै बिकासका योजना अगाडी बढाईरहेका पौडेलले बिकासप्रेमी नेताको रुपमा आफ्नो पहिचान बनाएका छन्।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...