राष्ट्रिय जनमोर्चाले केसी र पौडेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने

प्यूठान। राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

शनिबार बसेको पार्टीको संसदीय बोर्डको बैठकले केसी र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । केसीलाई बागलुङ क्षेत्र नम्बर एक र पौडेललाई प्यूठानबाट उम्मेदवार बनाउने बैठकले निर्णय गरेको छ ।दुर्गा पौडेल ०७४ को निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धनबाट विजयी हुनुभएको थियो ।जनमोर्चाले सत्ता गठबन्धनमा २ सिट दाबी गर्दै आएको छ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...