• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, फागुन २०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

लोकप्रिय समाचार

  • १. प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

  • २. प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

  • ३. सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

  • ४. दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

  • ५. तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

  • ६. प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

  • ७. इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

अर्घाखाँची क्षेत्र नं.-१ मा एमालेबाट आचार्य सर्वसम्मत उम्मेदवार


  •   शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेले अर्घाखाँची क्षेत्र नं.-१ को प्रदेश सभा सदस्यमा चेतनारायण आचार्यलाई उम्मेदवार बनाउने भएको छ।
    नेकपा एमाले १ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । केही महिना लुम्बिनी प्रदेश सरकारका आन्तरिक कानुन तथा न्याय मन्त्री समेत रहनुभएका आचार्य अर्घाखाँची जिल्लाका लोकप्रिय नेता हुनुहुन्छ । स्पष्ट विचार राख्ने उहाँले अर्घाखाँचीको बिकास निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । उहाँले सरकारमा रहेको छोंटो समयमा पनि जनसरोकारका थुप्रै काम गरेर ख्याति कमाउनु भएको थियो । सर्वसम्मत उम्मेदवार चयन भएपछि नेता आचार्यले पदमा रहँदा वा नरहेको अबस्थामा पनि आफु सदैव जनताको सेवामा समर्पित हुने बताउनुभयो । उहाँले पार्टी निर्णय लाई सहर्ष स्वीकार गर्दै सबै क्षेत्र बाट सहयोग पाउने अपेक्षा समेत प्रकट गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आसन्न संघ र प्रदेशको निर्वाचन नेकपा एमालेले जित्ने बताउनुभयो । उहाँले अहिले मुलुकमा दुई पक्ष बीच प्रतिस्पर्धा भैरहेको भन्दै राष्ट्रियताको रक्षा बिकास र समृद्धिको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो । वर्तमान परमादेश सरकारका कारण मुलुकमा बिकास निर्माणको काम अबरुद्ध भएको ,भ्रष्टाचारबढेको ,अनियमितता र अस्थिरताले प्रश्रय पाएक‍ो भन्दै उहाँले ५ दलिय गठबन्धनलाई जनताले निर्वाचनमा परास्त गर्ने बताउनुभयो ।
    नेकपा एमाले १ नं. प्रदेश समन्वय कमिटीका संयोजक रामबहादुर रायमाझीको अध्यक्षता , सह-संयोजक बालकृष्ण आचार्यको स्वागत मन्तव्य र मालारानी गाउँ पालिका कमिटीका अध्यक्ष सालिकराम आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल ,एमाले केन्द्रीय कमिटीका सदस्य तथा सह-ईन्चार्ज चेतनारायण आचार्य ,एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य द्वय नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी ,नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरे ,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउनुपर्ने बताउनुभयो ।
    बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समग्र योजना निर्माण र परिचालनको निम्ति प्रदेश निर्वाचन क्षेत्र नं.-१ मा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । परिचालन कमिटीमा प्रदेश सल्लाहकार परिषद्का सदस्य ,क्षेत्र भित्रका जिल्ला सदस्य,क्षेत्रीय कमिटी ,पालिका कमिटीका पदाधिकारी ,वडा कमिटीका अध्यक्ष ,जनसंगठनका केन्द्र र प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका अध्यक्ष ,काठमाडौं र रुपन्देही सम्पर्क मञ्चका पदाधिकारी,लुम्बिनी सम्पर्क समन्वय कमिटीका सदस्यहरु रहेका छन् ।
    यसैगरी बैठकले क्षेत्रीय समन्वय कमिटीका संयोजक रामबहादुर रायमाझीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय क्षेत्रीय प्रचारप्रसार कमिटीको निर्माण गरेको छ ।
    कमिटीको सह-संयोजकमा बालकृष्ण आचार्य र सदस्यमा क्षेत्रीय कमिटीका सदस्य ,पालिका कमिटीका सदस्य ,वडा कमिटीका सदस्य,जन संगठनका जिल्ला तथा पालिका कमिटीका सदस्य एवं वडा पदाधिकारीहरु रहेका छन् ।
    यसैगरी बैठकले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनालको संयोजकत्वमा १३ सदस्यीय आर्थिक व्यवस्थापन परिचालन कमिटी चयन गरेको छ ।
    कमिटीको सदस्यमा दलबहादुर भट्टराई ,तोजबहादुर
    रायमाझी ,लिलबहादुर बि.क.,तिलक मिश्र,रामजी पाण्डे ,खुबिराम आचार्य ,मिश्रा आचार्य ,शोभाखर पन्थी ,गोबिन्द के.सी.,कुशल भुसाल र कमल भट्टराई रहनुभएको छ ।
    बैठकले पालिका तथा वडा तहसम्म असौज-१५ गतेसम्म निर्वाचन परिचालन ,प्रचारप्रसार ,स्वयंसेवक परिचालन ,आर्थिक व्यवस्थापन समिति गठन गर्ने लगायतका निर्णय गरेको एमाले जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क. जानकारी दिनुभयो ।

    Advertisement

    शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा
    दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय
    विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र
    झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल
    भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने
    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    लोकप्रिय

    • १.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस

    • २.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २

    • ३.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने

    • ४.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ५.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान

    • ६.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको

    भर्खरै

    • १.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

    • २.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • ३.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ४.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ५.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    • ६.
      इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    • ७.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    • ८.
      उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation