स्वर्गद्वारी नगरपालिकाद्वारा एफएम संचालन

कामनाडेली, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ।
स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण समेत थालिसकेको छ ।
जिल्लामा स्थानीय तहले स्थापना गरेको यो पहिलो एफएम हो ।
एफएमको उद्घाटन गर्नुहुदै नगर प्रमुख टेकप्रसाद भण्डारीले नगरपालिका क्षेत्रभित्रका गतिविधिहरु पालिकाबासी बीच पुर्‍याउने उद्देश्यले एफएम स्थापना गरिएको बताउनुभयो ।
रेडियोले विकास निर्माण, कृषि, शिक्षा र स्वास्थ्यलगायत स्थानिय सरोकारका बिषयलाई बढी प्राथमिकता दिनुपर्ने नगरप्रमुख भण्डारीले आग्रह गर्नुभयो ।
गाउँमै रेडियो स्थापना भएपछि स्थानीयवासी पनि खुशी भएको रेडियो संचालक समितीका कोषाअध्यक्ष सिपि पौडेलले जानकारी दिनुभयो ।
रेडियो स्थापनाका लागि अहिलेसम्म बीस लाख रुपियां लगानी भईसकेको र अन्य आवास्यक उपकरण र प्राविधिक कामहरु भईरहेको नगरपालिकाले जनाएको हो।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...