• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

प्रजिअलाई एमाले प्यूठानको १९ बुँदे ध्यानाकर्षण


  •   सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
  • कामनाडेली,प्यूठान। नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले जनसरोकारका बिभिन्न १९ वटा बिषयमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको ध्यानाकर्षण गराएको छ।
    पार्टींले ३ भदौंमा विजुवारमा आयोजना गरेको सर्वपक्षीय सर्वदलीय अन्तरक्रिया कार्यक्रममा उठेका सवालहरुको कार्यान्वयनका लागि सोमबार प्रजिअ नेपालको ध्यानाकर्षण गराईएको एमाले प्यूठानले जनाएको छ।
    ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य राजकुमार कक्षपती सहित जिल्ला अध्यक्ष विजयविराज विष्ट, जिल्ला सचिवालय सदस्य नेगनसिंह कुवर, जिल्ला कमिटी सदस्य विजय सिंह भारतीको समेत उपस्थिति रहेको थियो ।
    १९ बुँदामा प्रस्तुत भएका बिषयहरु जनसरोकारसँग जोडिएकोले सम्वन्धित कार्यालय र मातहतका निकायहरुलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिने प्रजिअ नेपालले बताउनुभएको छ।
    यसअघि एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकाले एकीकृत कर बढाएको बिषयमा नगरपालिकाको ध्यनाकर्षण गराएको थियो । लगत्तै नगरपालिकाकाले एकीकृत कर संकलनमा रोक लगाएको छ ।

    Advertisement

     

    यी हुन् ध्यानाकर्षणमा समेटिएका १९ बुँदाहरु ः

    १) प्यूठान अस्ततालमा स्थापना गरिएको अक्सिजन प्लान्टको प्रभावकारी संचालन गर्नुपर्ने देखिएको छ । अक्सिजन प्लान्ट प्रभावकारी बनाउनका लागि विद्युत ट्रान्फर्मर जडान गर्नुपर्ने आवश्यकता छ । भिडियो एक्स-रे, अल्ट्रासाउण्ड, आईसियु, ल्याव र डायलासिस मेसिन हाल प्रभावकारी रुपमा संचालनमा आउन सकेका छैनन् ।

    २) प्यूठान अस्पताललाई हव अस्पतालको रुपमा विकास र सञ्चालन गर्नुपर्ने ।

    ३) स्वास्थ्य विमा मार्फतको औषधी सर्वसुलभ पाउन मुस्किल छ, विल मात्रै काटिन्छ, औषधी उपलब्ध नहुने समस्या छ ।

    ४) स्मार्ट कृषि कार्यक्रम मार्फत किसानहरुले पाउनुपर्ने रकमको भुत्तानी नपाएको गुनासो छ ।

    ५) धानबालीमा देखिएको रोगले किसान मर्कामा परेका छन् । सोको तत्काल उपचारमा ध्यान दिनुपर्ने ।

    ६) जिल्लामा स्थापना गरिएका चिस्यान केन्द्रको संचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने ।

    ७) जुम्रीमा बसपार्क प्रयोजनका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराए पनि पछिल्लो समय जग्गा कम्पनीको मातहत (त्रिसिद्धेश्वरी प्रा.लि.) नाममा नामसारी गरिएकोले वासपार्कको व्यवस्थापनका लागि सोको नामसारी स्थानीय निकायमा हुनुपर्ने ।

    ८) प्यूठान नगरपालिका-१ खैरामा बुटवल पावर कम्पनी मार्फत उत्पादन गर्न लागिएको सौर्य ऊर्जालाई प्रभावकारी बनाउँदै रिचार्ज सिस्टम जडान गर्नुपर्ने ।

    ९) जिल्लाको दम्तीमा विद्युत सव-स्टेशन निर्माण गरिएपनि सञ्चालनमा ल्याउन ढिलाई हुँदा जिल्लामा विद्युत आपुर्तिमा समस्या देखिएको छ । अस्तव्यस्त विद्युत प्रशारणले भोल्टेजमा आउने अप-डाउनले बर्षेनी ठूलो क्षति व्यहोर्नु परेको जनगुनासो छ । क्षतिपुर्ति सहितको सेवालाई प्रभावकारी ढंगले अवलम्बन गर्दै विद्युत प्रशारणमा सुधार ल्याउनुपर्ने ।

    १०) राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गर्न नागरिकले हाल सास्ती व्यहोर्नु परेकोले जनशक्ति थप गरी तत्काल समस्या समाधान गर्नुपर्ने ।

    ११) जिल्लको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने । सडक छेऊमा राखिने विभिन्न सामाग्रीलाई अनिवार्य हटाउने र पार्किङको अव्यवस्था कार्य रोक्नुपर्ने ।

    १२) लघु वित्तको ऋण प्रवाह र असुलीमा देखापरेका समस्या एवं यसले पारेको नकारात्मक प्रभाव हटाउनुपर्ने ।

    १३) प्यूठान नगरपालिकाले एकीकृत सम्पत्ति कर व्यवस्थापनमा सरोकारवालासँग समन्वय नगर्दा कर असुलीले नागरिक तहमा नकारात्मक प्रभाव परेकोले सोको व्यवस्थापनमा ध्यान दिनुपर्ने ।

    १४) जिल्लाका विभिन्न ठाँऊमा रहेका सार्वजनिक जग्गाको अतिक्रमण बढ्दो रहेकाले सोको व्यवस्थापनमा आवश्यक पहल लिनुपर्ने ।

    १५) पेट्रोलियम पदार्थमा हुनेगरेको कालोबजारी रोक्नुपर्ने र खाद्यजन्य बस्तुको आपुर्तिमा विद्यमान गुणस्तरहीनताको अन्त्य गर्नुपर्ने र साथै पेट्रोलियम पदार्थको नियमित आपुर्तिको व्यवस्था मिलाउनुपर्ने ।

    १६) भालुवाङ प्यूठान सडक साँघुरो भएको हुँदा जोखिम बढेकोछ । सम्बन्धित कार्यालयबाट गरिने काम कार्वाही ढिलासुस्ती हुने गरेको दीर्घकालिन सामाधान खोजिनुपर्ने ।

    १७) जिल्लाका बिभिन्न बजार केन्द्रहरुमा राखिएका सौर्य सडक बत्ती जीणर् अवस्थामा रहेको, लामो समयदेखि सञ्चालनमा नरहेको र सम्बन्धित निकायबाट मर्मतका लागि पहल नभएको स्थिति हटाउनुपर्ने ।

    १८) खानेपानी डिभिजन कार्यालयमार्फत सुरुवात गरिएका अधिकांस योजनाहरु अपलपत्र अवस्थामा रहेकाले सोको व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने ।

    १९) मुख्य बजार क्षेत्रबाट जिल्लाका ग्रामीण बजारमा भ्याद गुज्रने अवस्थामा रहेका बस्तुहरुको आपूर्तिलाई पठाउने कार्य रोक्नुपर्ने । ग्रामीण बजारमा पाइने भ्याद गुज्रेका सामाग्रिहरुको प्रभावकारी अनुगमन गरी त्यस्ता वस्तुहरुलाई विक्री वितरणमा रोक लगाउनुपर्ने । उपभोक्ताको हितमा सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने ।

    सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • २.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ८.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation