दाङ। दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा जिल्ला आरुघाट घर भइ हाल दाङमा बसेर मिस्त्री काम गर्दै आएका २७ वर्षीय कृष्ण बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
Advertisement
बिकलाई आइतबार दिउँसो साढे ४ बजे दंगीशरणको गाउँपालिकाको बागरमा बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा ईलेक्ट्रोनिक मार्बल चिल्लो बनाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बिकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।