• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

जहाँ पुल नबन्दा छोरीचेली दिन आनाकानी गर्थे . . .


  •   शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
  • गोरखा ।  ‘दरौँदी नदीमा पुल नबन्दासम्म घलाङमा छोरी नदिनु’ भन्ने उखान नै गर्थे । ‘पुल छैन्, यत्रो दरौँदी तरेर कसरी जाने ? चेलीबेटी दिएर के गर्ने ? भन्थे’, गोनपा ३ नारेश्वर घर भई हाल सिरानचोक गाउँपालिका -५ जरेवर बस्ने गोबिन्द बिश्वकर्माले पूराना कुरा सुनाए ।

    Advertisement

    गेबिन्दको घर नारेश्वर भएता पनि उनको पाखा बारी वाहेक खेतीयोग्य जमिन दरौँदी नदी पारी जरेबर फाँटमा थियो । पुल नहुँदा बर्खामा खेती लगाउन जाँदा दरौँदी नदी गरेर जान निकै सास्ती हुने उनको अनुभव छ । ‘पुल नहुँदा बर्खामा खेतिपाती गर्न दरौँदी तरेर जानुपर्थाे । कहिले गोरु बगाउने, कहिले मान्छे बगाउने कम त दुख पाइएन्’, उनी भन्छन् ।

    २०४६ सालमा जरेवर र नारेश्वर जोड्ने झोलुङ्गे पुल बन्यो । झोलुङ्गे पुल बनेपछि भने विगतमा भन्दा केही सहज भयो । तर, आफ्नो खेत दरौँदी पारी नै भएकाले खेति गर्न जान आउजाउ गर्दा समस्या हुन थालेपछि गोबिन्द केही बर्षयता दरौँदी पारी नै घर बनाएर बस्न थालेका छन् ।गेबिन्दले जस्तै समस्या भोगेर अहिले नारेश्वरका दर्जनौँ घर परिवार दरौँदी पारी बसाईँ सरेर बसिसकेका छन् । कारण, ‘मोटरवेल पुलको अभाव’ ।अहिले यहाँ स्थानीयहरुले नै माग गरेर गण्डकी प्रदेश सरकारको पाँच करोड ३९ लाख ८० हजार लागतमा मोटरवेल पुल निर्माण भइरहेको छ । यहाँ बनिरहेको पुलका लागि स्थानीयहरुको आग्रहमा तत्कालिन प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले बजेट बिनियोजनका लागि पहल गरिदिएका थिए ।

    ‘हामी स्थानीयहरुले नै यहाँ पुल आवश्यक छ भनेर माग गरेपछि मन्त्री आएर ठाउँ हेरेर बजेट हाल्दिएको हुन् । तर, अहिले स्थानीयहरुसँग सल्लाह नै नगरी बजेट हालेको भन्दै गलत प्रचार भइरहेको छ’, स्थानीय मधुकर अधिकारी । अहिले ‘वारी जंगल, पारी खेत, बीचमा पाँच करोडको मोटरवेल पुल’ भन्दै भाईरल भइरहेको यही पुल हो । जुन पुलको पर्खाइमा नारेश्वरका हजारौँ घरधुरीले बर्षैँदेखि प्रतिक्षा गरिरहेका थिए भने गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का आम नागरिकहरुले आशा गरिरहेका थिए ।

    ‘सडक नै नपुगेको ठाउँमा करोडौँको पुल बन्यो भनेर जसरी प्रचार भइरहेको छ, यो सरासर गलत हो । यहाँ वारीपारि दुबै तीर सडक पुगेको छ । यो पुल सम्पूर्ण नारेश्वरवासी र गोरखाको निर्वाचन क्षेत्र नम्बर २ का सबै जनताका लागि आवश्यक पनि हो’, स्थानीय सुशिल अधिकारी भन्छन् । दरौँदी नदी माथि बनिरहेको पुल नजिकै नारेश्वर क्षेत्रमा दुई वर्ष अघि नै कच्ची सडक पुगेको थियो । सडक सन्जाल भए पनि पुल नहुुँदा प्रयोगमा नआएको सडकमा बिरुवाहरु, झार पात उम्रिएर जंगल जस्तै देखिन्छ । जंगलको बीचमा, प्रयोगमा नआएको सडकमा बिरुवा, झारहरु उम्रनु स्वभाविकै हो । जरेवरतर्फ भने पुलको करिब डेढ सय मिटर नजिकै ग्रावेल गरिएको सडक आइपुगेको छ । दुबैतर्फ सडक आइपुगे पनि सडक पक्की पुल नहुँदा यहाँबाट सवारी आउजाउ गर्न सक्दैन् । तर, दरौँदी नदी माथि पुल बनिसकेपछि नारेश्वर हुँदै गएको सडक मध्यपहाडी लोकमार्ग, बारपाक सडकसँग जरेवरमा जोडिनेछ । यो रुट हुँदै आउजाउ गर्दा दूरीका हिसाबले पनि छोटो र सस्तो पर्ने स्थानीयहरु बताउँछन् ।

    ‘अहिले हामी डेढ सय रुपैँया तिरेर गोरखा सदरमुकाम जान्छौँ भने यो पुल बन्यो भनेक ६०/७० रुपैँया तीरेर जानसक्छौँ । समयको हिसाबले पनि धन्दै एक घण्टाभन्दा बढि छिटो हुन्छ । बिरामीहरु परे, केही ईमरजेन्सी केस पर्याे भने केही मिनेट छिटो हुँदा पनि मान्छेको ज्यान जानबाट बच्छ’, स्थानीय शम्भु बस्नेत भन्छन् । सत्ता र शक्तिको आडमा ब्यक्तिगत फाइदाका लागि भन्दा जनताका माग र आवश्यकताका आधारमा बजेट बिनियोजन भएकाले पुल निर्माण सम्पन्न भएपछि थुप्रै जनसंङ्ख्या लाभाम्वित हुने सिरानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शित्तल पोखरेल बताउँछन् । ‘पुलले पूर्णता पाईसकेपछि अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक, धार्चे, चुमनुब्रीका र गोरखा नगरपालिका, पालुङटार नगरपालिका लगायतका जनताहरुलाई सेवा दिन्छ । सुबिधा पाउँछन्,’, वडाध्यक्ष पोखरेलले भने, ‘अर्काे दुई नम्बर क्षेत्र वाहेक नयाँ पुल र तुरतुरेको पुल भन्दा वाहेक अर्काे त्यही एउटा दरौँदी नदी माथि छेवेटारको पुल मात्रै हो र यो पुलले केही भवितव्य भईहालेको अबस्थामा एउटा ट्राफिक रुटको रुपमा पनि प्रयोग हुने भएकाले यो पुलको उपयोगिता छ ।’

    दरौंदी नदी माथिको यो पुल ५० मिटर लामो हो । कार्यालयका अनुसार पुल निर्माण कार्य करिब ९३ प्रतिशत सकिएको छ । एचटिसी गोसाइँकुन्ड, आइएस निर्माण सेवा जेभीले ठेक्का पारेर यो पुल बनाएको हो । पुलको ठेक्का लगाउँदा नै पुलसँग जोड्न बाँकी सडक पनि निर्माण कम्पनीले गर्ने, नदी किनारमा ग्याबिन लगाउने लगायतको काम गर्ने गरी गरी कामको ठेक्का दिएको कार्यालयले जनाएको छ ।पुलको काम सकिएको छैन् । निर्माण कम्पनीले स्टरकचरको काम गरेर सडकको काम, ग्याबिनको काम गर्ने गरी काम सुरु गर्याे । काम बाँकी नै छ । ठेक्का लगाउँदा नै स्टमेटमा निर्माण कम्पनीले पुलसँग जोड्न बाँकी ६०० मिटर सडक पनि बनाउने भन्ने छ । काम छिट्टै सम्पन्न हुन्छ’, पुर्वाधार बिकास कार्यालय गोरखाका सूचना अधिकारी ईन्जिनियर अजय श्रेष्ठले भने।

    शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation