गुल्मी। नेकपा एमाले संबद्ध जनवर्गीय संगठनले गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल मार्फत
प्रधानमन्त्री शेरबहादुर देउवालाई खानेतेल र पेट्रोल उपहार पठाएका छन् । बुधबार अनेरास्ववियु, युवा संघ, अनेम संघ लगायतका जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको कृतिम अभाव, मुल्य बृद्धि र रासायनिक मल अभाव प्रति ध्यानाकर्षण गराउन पेट्रोल र खाने तेल उपहार पठाएका हुन् ।
तेल उपहार सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र समेत प्रदान गरेका थिए । ध्यानाकर्षण पत्रमा गुल्मी जिल्लामा पेट्रोलियम पदार्थको कृतिम अभाव र कालोबजारीले गुल्मी जिल्लाका जनता आक्रान्त बनेको उल्लेख गरेका छन्।
जिल्लामा पेटोलियम पदार्थको कृतिम अभाव भई जनताले सास्ती व्यहोर्नु परेको, असारमसान्तको याममा भएका इन्धनको अभाव गुल्मी जिल्लामात्र हुनु र कालो बजारीमा बेचविखन हुनु र स्थानीय प्रशासन मौन रहनु दुर्भाग्यपूर्ण रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रशासनले तेलको सहज विक्रीवितरणको व्यवस्था मिलाउन माग समेत गरेको अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य काशी पाण्डेले बताए ।
वर्षातको समयमा गुल्मी जिल्लाका यातायातमा मनपरी चर्को भाडा असुल्ने कार्य तत्काल रोक्न र इन्धनको मूल्य घटेको सन्दर्भमा भाडा घटाउन समेत प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । जिल्लामा रासायनिक मलको अभावलमा कृषकहरु चर्को समस्या झेलिरहेका छन ।
अबिलम्ब मलको उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराउन जोडदार माग गरेको पाण्डेले बताए । जिल्लामा विद्युतको अनियमितताका कारण जनता आजित भएकाले नियमित व्यवस्था मिलाउन माग गरेका छन् ।
जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ तर डाक्टरको अभाव भएकोले दरबन्दीबमोजिमका डाक्टरलगायतका स्वास्थ्य जनशक्ति व्यवस्था मिलाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
गुल्मीमा एमालेको जनवर्गीय संगठनद्वारा प्रधानमन्त्रीलाई तेल र पेट्रोल उपहार
गुल्मीमा एमालेको जनवर्गीय संगठनद्वारा प्रधानमन्त्रीलाई तेल र पेट्रोल उपहार
Advertisement
तपाईको प्रतिक्रिया