• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

बुवा जेलमा, आमाको निधन, छोराछोरीको विचल्ली


  •   मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
  • सुर्खेत । दुई वर्षअघि दुर्गबहादुर बोहोरा जेल परेपछि १२ वर्षीया विना, १० वर्षीया ममता र ८ वर्षका विशाल बोहराको रेखदेख आमा रामपुराले गर्दै आउनुभएको थियो। कालिकोटको नरहरिनाथ गाउँपालिका–९ भाटगाउँकी रामपुराको बिहीबार मृत्यु भयो। बुवा जेल परेपछि आमाको संरक्षणमा रहेका तीन बालबालिका आमानै वितेपछि अहिले साहारा विहिन भएका छन्। ‘बालबालिकाका बुवा दुई वर्षदेखि विभिन्न तीन वटा मुद्दामा जिल्ला कारागार कालिकोटमा थुनामा हुनुहुन्छ,’ वडाध्यक्ष प्रदिप बोहराले भन्नुभयो, ‘सहारा दिने आमाको पनि मृत्यु भएपछि बालबालिकाको विचल्ली भएको हो।’

    Advertisement

    बालबालिकाका बुवा दुर्गबहादुर विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता हुनुहुन्थ्यो। १० वर्षे सशस्त्र द्वन्द्वमा पनि सहभागी हुनुभएका उहाँ आफैले बोकेको ग्रिनेट पड्किँदा अपाङ्ग हुनुभयो । विप्लव माओवादीमा संलग्न उहाँलाई २०७७ पुस १९ गते जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ गरेको थियो। दुर्गबहादुरलाई राज्यले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ निर्माण र राजद्रोहको आरोपमा पुर्पक्षका लागि थुनामा राखेको छ।

    वडाध्यक्ष बोहराले बुवा जेलमा र आमाको मृत्यु हुँदा बालबालिकाको सहारा खोसिएको बताउनुभयो। ‘बालबालिकाका बुवा १० वर्षे सशस्त्र द्वन्द्वकै बेला अपाङ्ग हुनुहुन्थ्यो, पछि विप्लव नेतृत्वको नेकपा माओवादीमा संलग्न हुनुभयो,’ उहाँले भन्नुभयो, ‘बालबालिकाको सबै हेरचाह आमाले गर्नुहुन्थ्यो, आमाको मृत्युपछि बालबालिका बेसहारा भएका छन्।’

    अध्यक्ष बोहराका अनुसार बालबालिकाले आमा–बुवाको सोधीखोजी गरिरहेका छन्। बोहरा दम्पत्तीका चार सन्तान हुन्। चार मध्ये एउटालाई तीन वर्षअघि दाङको एक बाल संरक्षण गृहमा राखिएको वडाध्यक्ष बोहराले जानकारी दिनुभयो। ‘पहिलेदेखिनै उहाँहरुको घरको आर्थिक अवस्था अत्यन्तै न्यून हो, त्यसमाथि बुवा सशस्त्र द्वन्द्व हुँदै विप्लव नेतृत्वसम्म आइपुग्दा राजनीतिमैै होमिएकाले आमाको एकल संरक्षणमा बालबालिका हुर्किरहेका थिए।’ उहाँले भन्नुभयो ।

    तीनै बालबालिका नरहरिनाथ गाउँपालिका–९ को जनजागृति आधारभूत विद्यालयमा अध्ययनरत छन्। ‘कसैले खान, लाउन र शिक्षामा सहयोग गरिदिए ठूलो राहत हुन्थ्यो,’ आफन्त दानबहादुर बोहराले भन्नुभयो, ‘यिनी बालबालिकालाई कसरी हुर्काउने र पढाउने भन्नेमा चिन्तित छु।’ तीन वटै बालबालिका अहिले दानबहादुरको संरक्षणमा छन्। ‘आफ्नो उब्जनीले घरमै खान पुग्दैन्, यस्तोमा तीन बालबालिकाको पालन–पोषण र शिक्षा कसरी दिन सकिएला र,’ उहाँले भन्नुभयो, ‘खान, लाउन र शिक्षामा कसैले सहयोग गरिदिए ठूलो धर्म हुन्थ्यो।’

    पूर्पक्षका लागि कारागारमा रहनुभएका दुर्गबहादुरले श्रीमतीको मृत्यु हुँदा पनि आफूलाई राज्यले नछोडेको बताउनुभयो। ‘श्रीमतीको मृत्यु भयो, बालबालिकाको बिचल्ली छ,’ उहाँले भन्नुभयो ‘विप्लवसँग भएको संझौता अनुसार राज्यले मसहितलाई छोड्नुपर्ने हो, तर अहिलेसम्म कुनै सुरसार छैन्।’

    –नागरिक दैनिकबाट

    मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation