• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, रहस्य गर्भमै


  •   बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
  • काठमाडौँ – आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुरा भएको छ ।

    Advertisement

    नेपाली इतिहासमा सबैभन्दा बीभत्स र रहस्यमय घटनाका रुपमा रहेको दरबार हत्याकाण्ड नेपालीहरुलाई विझाईरहने घाउ बनेर बसेको छ ।

    २०५८ जेठ १९ को शुक्रबार राति । करिब पौने ९ बज्दै गर्दा तत्कालिन युवराज दीपेन्द्र सैनिक कम्ब्याट लगायर दुई राइफल र ह्याण्डगनसहित चार हतियार लिएर विलियार्ड हलमा छिरे र अन्धाधुन्ध फाईरिङ गरे। शुक्रबार जसो हुने रात्रिभोजमा विलियार्ड हलमै उभिएर मस्त गफगाफ गरिरहेका तत्कालिन राजा वीरेन्द्रमाथि दीपेन्द्रले फायर गरे । गोली लागेर लडेका वीरेन्द्रले पेस्तोल झिके, तर बहिनी शोभाले खोसिदिईन।

    करिब १५ मिनेटको भयानक दृश्यपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतीसहित दश जनाको ज्यान गयो ।

    मदिरा र लागुपदार्थले लठ्ठिएका दीपेन्द्रले परिवारका सदस्यको हत्या गरिसकेपछि अन्तमा, आफैमाथि गोली प्रहार गरे । हो यहीँ कहानीको रहस्यमै घुमिरहेको छ दरबार हत्याकाण्डको २१ बर्ष । आजभन्दा २१ बर्षअघि भएको त्रासदीपूर्ण दरबार हत्याकाण्डको मुख्य दोषी को हो ? कसको प्रपञ्चमा राजा वीरेन्द्रको वंश नै नाश गरियो, जनताले पत्याउने चित्तबुझ्दो यर्थात बाहिर आएको छैन ।

    राजा वीरेन्द्रको वंश नाशपछि उनका भाई ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने । ०६२/६३ को जनआन्दोलन पछि संवैधानिक राजसंस्थात्मक बहुदलीय व्यवस्था ढलेर मुलुक गणतन्त्रात्मक बहुदलीय व्यवस्थामा गएको छ । त्यसयता निरन्तर कांग्रेस र कम्युनिष्टले देशको नेतृत्व गरेका छन् । तर अहिले दलहरुबीच देखिएको भाँडभैलो र अन्योलले गर्दा राजा वीरेन्द्रलाई चिन्ने सबैले उनको शासनकाल झलझली सम्झिरहेका छन् ।

    राजतन्त्र पक्षधरहरु भने वीरेन्द्रको वंश नाशपछि नै जरो हल्लीएर विलय भएको पुरानै राजसंस्थासहितको व्यवस्था लागुगर्न लागि परेका छन् ।

    उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको क्रुर हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । दीपेन्द्रले गोली चलाउँदा सुरक्षाकर्मीले किन रोक्ने प्रयास गरेनन् ? के दीपेन्द्रले आत्महत्या नै गरेका हुन त ? हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रकै सनकमा त्यो घटना भएको निष्कर्ष निकालेको थियो । तर आम नेपालीले त्यसलाई विश्वास गर्न सकेनन् ।

    हत्याकाण्डमा ज्ञानेन्द्र शाहदेखि छिमेकी मुलुक भारतसम्म अहिले पनि शंकाकै घेरामा छन् । घटना भएको स्थानलाई २०६१ मा भत्काएर नयाँ निर्माण गरिएको छ । र त्यहाँ हत्या हुँदा बखतका केही चिनारीहरुलाई सुरक्षित राखिएको छ ।

    २०६५ पछि राजदरबार नाराणहिटी दरबार संग्राहलयका रुपमा परिणत भएको छ । त्यसयता शासनसत्ता हत्याएकाहरुले दरबार हत्याकाण्डबारे बोल्न र छानबिन गर्न अघि सर्न चाहेका छैनन् । जसले न तत्कालिन राजालाई न्याय दिलायो, न जनताले न्याय पाए ।

    बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation