कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवार बिजयी भएका छन। नगर प्रमुखमा काँग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जिते । उनका प्रतिश्पर्धि नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६ सय ६८ मत र लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) का उम्मेदवार ओंकारनाथ शुक्लले २ हजार ४ सय ७४ मत पाए । नगर प्रमुख निर्वाचित मुसलमानले २०७४ सालको निर्वाचनमा महाराजगंज नगरपालिकाको प्रमुख जितेका थिए ।
त्यसै गरि उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मीले ११ हजार १ सय ६७ मत पाएर चुनाव जितेकी छन । उनकी प्रतिश्पर्धि एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत पाईन भने लोसपाकी उम्मेदवार साबित्री देवी कुर्मीले २ हजार ५ सय ५ मत पाईन ।
उपप्रमुख तिेकी रिताकी सासु शुभावति कुर्मीले २०७४ सालको स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेस पार्टीबाट उपप्रमुख जितेकी थिईन । यो स्थानिय तहको निर्वाचनमा उपप्रमुखको उम्मेदवारी दिएको शुभावतीको मृत्यु भए पछि काँग्रेसले उनकी बुहारी रीतालाई उम्मेदवार बनाएको थियो । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण बैशाख ३० गतेका लागी निर्धारित मतदानको कार्यक्रम जेठ ३ गतेलाई सरेको थियो । ११ वटा वडा रहेको महाराजगंजमा नेपाली काँग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ८ वटा वडा जितेको छ । त्यसै गरि नेकपा एमाले, लोकतान्त्रिक समाजवादि पार्टी र जनता प्रगतिशील पार्टीले समान १/१ वटा वडा जितेका छन ।
महाराजगञ्जमा काँग्रेसका प्रमुख र उपप्रमुख बिजयी
महाराजगञ्जमा काँग्रेसका प्रमुख र उपप्रमुख बिजयी
Advertisement
तपाईको प्रतिक्रिया