बुटवल । रुपन्देहीको सैनामैना नगर पालिकाको मेयर पदमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा बिजयी भएका छन् । शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन । शर्माले १५ हजार ६८६ मत ल्याएर बिजयी हुँदा कार्कीले १५ हजार १०४ मत पाएका छन । शर्मा २०७४ मा कार्कीसङग पराजित भएका थिए ।
उपमेयरमा नेकपा एमालेका विना राना मगर बिजयी भएकी छन् । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाइ २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकि हुन । रानाले १५ हजार ७६२ मत पाएर निर्वाचित हुँदा महतले १३ हजार ७२० मत पाएका छन्।
राना निवर्तमान उपमेयर हुन् ।
Advertisement