बर्दिया। बर्दियाका सबै पालिकाको मत गणना सम्पन्न भएको छ ।
बर्दियाका ८ पालिका मध्ये ५ वटा पालिकाको प्रमुख /अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्र २ वटा पालिका र नेकपा एमाले १ वटा पालिकामा सिमित भएका छन् ।
नेपाली कांग्रेसले गेरुवा गाउँपालिका, मधुवन, ठाकुरबाबा, बारबर्दिया र गुलरिया नगरपालिकामा जित निकालेको छ । भने माओवादी केन्द्रले राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा विजयी भएको छ । त्यस्तै एमाले बाँसगढी नगरपालिकामा मात्र सिमित भएको छ ।
एमालेले ठाकुरबाबा नगरपालिकाको उप प्रमुख र बढैयाताल गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
७५ वटा वडा रहेको बर्दियामा नेपाली कांग्रेसले ३२, नेकपा एमालेले १९, माओवादी केन्द्रले २०, स्वतन्त्र २, जनता समाजबादी पार्टी १ र जनमत पार्टीले १ वडामा जित हाँसिल गरेका छन् ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले २, नेकपा एमालेले ३ र माओवादी केन्द्रले ३ पालिका जितेका थिए ।
बर्दियामा कांग्रेस हावी, माओबादी २ र एमाले १ पालिकामा खुम्चिए
बर्दियामा कांग्रेस हावी, माओबादी २ र एमाले १ पालिकामा खुम्चिए
Advertisement
तपाईको प्रतिक्रिया