• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

विदेशिएका पूर्व विद्यार्थीको म्यासेज पढ्दा भावुक प्रेम


  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • मालिका (गुल्मी) । जापानमा भएका एक यूवाले शुक्रवार विहानै अनलाइन म्यासेन्जरमा एउटा म्यासेज पठाए । त्यसमा लेखिएको थियो,‘प्रेम सर नमस्कार । हजुर वडा अध्यक्षमा उठेको देख्दा ज्यादै खुसी लाग्यो। बाध्यताले आउन सकिन, घरमा चार भोट छन् हजुरलाई आउँछन् । विजयको शुभकामना सर ।’
    चुनावी प्रचार प्रसारमा घरदैलोमा व्यस्त मालिका गाउँपालिका वडा नम्वर ५ छापहिलेका वडा अध्यक्ष पदका उमेदवार प्रेम बहादुर खड्का म्यासेज पढ्दा भावुक बने । म्यासेज पठाउने ती यूवा थिए आफैँले पढाएका पूर्व विद्यार्थी ।
    आफ्नो घरमूनी खड्काले पढाएको जमलपोखरा माध्यमिक विद्यालय छ । त्यही विद्यालयमा उनले ४१ वर्ष पढाएका थिए । खड्काले पढाएका कैँयन विद्यार्थीहरु अहिले नेपाल सरकारको नायब सुब्बा, शाखा अधिकृतहुँदै उपसचिव भएका छन् ।
    ‘घरबाहिर रहेका धेरै पूर्व विद्यार्थीहरुले फोन, म्यासेज गरेर मायाँ दिनुभएको छ’,खड्काले भने,‘उहाँहरुको सद्भावले धेरै खुसी लागेको छ ।’ आफूले गाउँ र समाजका लागि गरेको योगदानलाई धेरैले सहानुभूति दिएको खड्काले सुनाए ।
    घरछेउँकै विद्यालय भएकै कारण उनले कहिल्यै विद्यालयलाई आफ्नो ड्यिूटीमात्र ठानेनन् । तत्कालिन समयमा प्रावी तहको विद्यालयलाई माध्यमिक तह (कक्षा १०) सम्म बनाउने प्रमुख भूमिका उनकै रह्यो । खड्काले लामो समय विद्यालयको प्रधानाध्यापक भएर पनि जिम्मेवारी पुरा गरे । शिक्षक पेशा बाहेक गाउँका नागरिकहरुको सुखदुःखमा साथ दिने खड्कालाई धेरै आपत, विपतका सारथी भनेर चित्रण गर्दछन् ।
    २०५८ साल मंसीर १० गते खड्का माओवादीको शसस्त्र द्धन्द्धमा अपहरणमा परेका थिए । शिक्षक भएकै कारण र चन्दा नदिएको भन्दै उनलाई अपहरण गरी कुटपिट र ज्यान लिने सम्मका धम्की खेपे । त्यसपछि उनी गाउँबाट विस्थापित भइ सदरमुकाम तम्घासमा गएर बस्न बाध्य भए । तर, जति यातना सहनुपरेपनि उनी गाउँलेको सेवामा कत्तिपनि विचलित नभई सेवा गरे ।
    ०४५ सालदेखि उनले गाउँमै मेडिकल संचालन गरी गाउँलेको उपचारमा खटिरहेका छन् । व्यवसायलाई उनले सेवाको रुपमा समेत परिणत गरेर काम गर्ने गरेको स्थानीय सुनाउँछन् । गाउँका नागरिकहरुले आफूलाई परेको कानुनी समस्या, झन्झट, मुद्दा मामिला, झै झगडा जस्ता समस्यामा समेत खड्का सारथी बनेर उभिने गरेका छन् ।
    उनै खड्का अहिले स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका ५ छापहिलेको वडा अध्यक्ष उमेदवार बनेका छन् । पार्टीगत रुपमा एमालेको उमेदवार बनेपनि आफूलाई गाउँका सवै दलमा आवद्ध नागरिकहरुले साथ दिएको खड्काले प्रतिक्रिया दिए । विकासमा कहिल्यै राजनीति नगर्ने उनको संकल्प छ ।

    Advertisement

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation