• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

कटहरीका उम्मेदवार भन्छन्, ‘चुनावमा प्रतिस्पर्धा, चुनावपछि एकता’


  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
  • विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समुह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा , सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जिवनसँग जोडेर जाने उम्मेदवारहरु बताउँछन् ।

    Advertisement

    रोजगारी सिर्जना
    नेपाली कांग्रेसका उम्मेदवार देवराज चौधरीले महानगरसँग जोडिएको पालिका भएरपनि हरेक क्षेत्रमा समस्या रहेको बताए । खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या रहेको उनको भनाई छ। उनले भौतिक पूर्बाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनामा आफ्नो प्राथमिकतामा रहेको बताए ।
    वडा नम्बर १ देखि ४ सम्ममा खानेपानीको ब्यवस्था नभएकोले त्यहाँको नागरिकको आबश्यकतालाई ध्यानमा राखेर खानेपानीको ब्यवस्थापन मिलाउने उनको प्रतिबद्धता छ । अहिलेको अबस्यकता रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने भएकोले आफ्नो योजना त्यसमा केन्द्रीत हुने बताए । ‘कटहरीमा धेरै उद्योगहरु रहेको भएपनि भारतीय कामदारका कारण स्थानीयले काम पाउन सकेका छैनन्, उनले भने, कटहरीका नागरिकलाई उद्योगकालागि आबश्यक पर्ने जनशक्तिलाई तालिम दिएर ५० प्रतिशत रोजगारी त्यहीँको उद्योेगमा ब्यवस्थापन गरिने छ ।’ विराटनगरसँग जोडिएको कटहरीका नागरिक स्वास्थ्य क्षेत्रमा ठगिएको चौधरीको भनाई छ । ‘एउटा अस्पतालमा लग्छु भनेर अर्कै अस्पतालमा पुर्याएर ठगिएका बन्धक बनाईएको घटनाहरु प्रसस्तै घटेको छ, उनले भने, कटहरी गाउँपालिका भित्रै २५ बेडको सुबिधा सम्पन्न अस्पताल बनाएर नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउँछु ।’

    बिचौलिया अन्त्य
    नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचान दिलाउने बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्नको लागि अहिलेसम्म काम नभएकोले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले सुनाए । ‘हरेक क्षेत्रमा बिचौलियाका कारण कटहरी गाउँपालिकामा समस्या देखिएको छ, उनले भने, बिचौलियाको अन्त्य गरि नागरिकको लागि सहज सेवा प्रवाह गर्ने मेरो पहिलो दायित्व हुनेछ ।’ आफु दलित भएको सुनाउँदै उनले अहिलेसम्मका जनप्रतिनिधिले गरिब र दलितको क्षेत्रमा कामै नगरेकोले आफ्नो प्राथमिकता गरिब र दलित समस्या समाधानमा केन्द्रित हुने बताए । उनले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेकोले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने आफ्नो योजना रहेको उल्लेख गरे ।
    उद्योगी र ब्यवसायीसँग समन्वय गरेर बेरोजगार युवाको लागि रोजगारीको अबसर सिर्जना गर्ने उनको प्रतिबद्धता छ ।
    कृषि औजार बैँक संचालन
    जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्षका उम्मेदवार मृत्युञ्जय झाले बिगतका जनप्रतिनिधिबाट भएका राम्रो कामको निरन्तरता र नराम्रो कामलाई निरुत्साहित गर्ने बताए । सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या रहेको कारण जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाउने योजना रहेको सुनाए । उनले कटहरीमा २ हजार बढी घर सुकुम्वासीको रहेकोले उनीहरुलाई ब्यवस्थित बसोबासको माध्यामबाट समाधान गरिने प्रतिबद्धता जनाए ।
    ‘आर्थिक अबस्था कमजोर भएका, बिपन्नलाई स्वास्थ्य विमा कार्यक्रममा समेटेर जाने योजना छ, उनले भने, उद्यामशिलताको विकास गरि रोजगारीको अबसर सिर्जना गरिनेछ ।’ कटहरीमा ब्यवसायी कृषिमा लागेका किसानहरुको संख्या उल्लेख्य रहेको कारण उनीहरुलाई लक्षित गरि मल, बिउ तथा कृषिको लागि ऋण र अनुदान दिईने, कृषि औजार बैँक संचालन गर्ने योजनाले कृषि क्षेत्रमा क्रान्ति गर्न सकिने झा भनाई छ।
    नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार मञ्जीताकुमारी सरदारले सबैको समन्वयमा काम गर्ने बताईन् । ‘यस अघि पनि मैले सबैको सरसल्लाहमा काम गर्दै आएको थिएँ, उनले भनिन्, निर्वाचित भएर गएपछि यस अघि गर्न बाँकी रहेका कामहरुलाई पुरा गर्ने योजना छ।’ सबै दलको साझा सहमतीमा ल्याईएका योजना र कार्यक्रमहरु सफल हुने गरेको उनको अनुभव छ ।

    साझा प्रतिबद्धता
    संवाद पछि दलका अध्यक्षका उम्मेदवाहरुले कटहरीलाई ब्यवस्थित सहरको रुपमा विकास गर्ने जनाएका छन् । त्यसकालागि बिभिन्न बिषयमा उम्मेदवारहरुले प्रतिबद्धता जनाएका छन् । कटहरी गाउँपालिकालाई राम्रा बनाउन सबै एक भएर अघि बढ्ने, यस अघिका राम्रा कामलाइ आत्मसात गर्ने , नराम्रा खालका कामलाई निरुत्साहित गर्नेे र नयाँ योजना अघि सार्न सबै एक भएर अघि बढ्ने उनीहरुले बताएका छन् । जुनसुकै दलका उम्मेदवार निर्वाचित भएर गएपनि सबैको सहभागिता र समन्वयमा काम गर्ने, नागरिकसँग जोडिएका प्रतिबद्धता कार्यान्वायन गर्ने र एक अर्काको एजेण्डामा सहमत हुने उनीहरुको प्रतिबद्धता छ । महिला, बालबालिका, अपाङ्गता भएका, जेष्ठ नागरिक, अल्पसंख्यक तथा सिमान्तकृत समुदायको बिषयमालाई प्राथमिकतामा राख्ने उनीहरुको भनाई छ। निर्वाचित भएर गएपछि प्रतिस्पर्धि दल र उम्मेदवारहरुसँग बसेर छलफलगरि साझा कार्यक्रम बनाउने उनीहरुको प्रतिबद्धता छ । निर्वाचन आचारसंहितालाई कायान्वायन गरिएको र निर्वाचन अबधिभर कार्यान्वायनमा प्रतिबद्ध रहने उनीहरुको भनाई छ।

    आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation