गुल्मी। नेकपा एमालेका रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष पदका उम्मेदवार हिमाल श्रेष्ठले गाउँमा युवालाई रोजगारी नहुदा गाउँको बिकशले उकालो चढ्दै गरेपनी, गाउँका मान्छे तराई झर्दै गरेको बताउनु भएको छ ।
युवालाई क्षमता अनुसारको रोजगारीको सृजना र महिलालाई उद्दमशिल बनाउँन सके बढ्दो बसाईसराई रोक्न सकिने बताउनु भयो । युवा र महिलालाई सीप मुलक तालिम दिएर उद्दमशिल बनाई उत्पादनमा जोड्ने र बसाई सराई न्यूनीकरण गरि गाउँलाई नमुना गाउँ पालिका बनाउने आफ्नो सपना रहेको बताउँनु भयो । गुणस्तरिय शिक्षा र गाउँमा नभएकोले पनि मानिस दिनानुदिन गाउँ छोड्दै गएका छन् । त्यसैले गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मान्यतालाई आत्मसात गर्दै प्रत्येक वडा वडामा गुणस्तरिय शिक्षाको प्रत्याभूति हुने गरि शैक्षिक संस्थामा सुधार ल्याउने प्रतिबद्धता जनाउनु भएको छ।
शिक्षा स्वास्थ्य र रोजगारीका लागि आफुले विशेष योजना बनाएर युवाहरूलाई बिदेश होइन आफ्नै घरको खाना खाएर आफ्नै गाउँमा स्वरोजगार बनाउन सकिने बताउनु भएको छ ।