कामनाडेली, प्युठान। नेकपा एमालेले सरुमारानी गाउँपालिकामा घरदैलो अभियान अघि बढाएको छ।
पालिकाभित्रका ६ वटै वडामा पार्टीका उम्मेदवारहरु निरन्तर मतदाताको माझ पुगिरहेको एमाले सरुमारानी पालिका कमिटीका अध्यक्ष वसन्त जिसिले बताए ।
पाच बर्षे कार्यकालमा गरेका कामहरुलाई लिएर पार्टीका उम्मेदवारहरु जनताको घरदैलोमा पुगिरहेको जिसीले बताए।
सम्बृद्ध सरुमारानी बनाउने योजना र भिजन भएका सक्षम,जिम्मेबार र जनताको समस्या बुझेका उम्मेद्वार एमालेले मात्र उठाएको बताउदै जिसीले यसपाली पनि जनताले एमालेलाई भोट दिएर जिताउने बताए।
एमालेबाट सरुमारानी गाउँपालिकाको अध्यक्ष उम्मेदवार झग बहादुर बिश्वकर्मा र उपाध्यक्ष पदका उम्मेदवार बसन्ता खड्कालाई घर गाउँमा पुगेर मत माग्न भ्याईनभ्याई छ ।
उनीहरु सोमवार दिनभर सरुमारानी -२ दर्भानका स्थानीयबासीको घर घरमा पुगेर मत माग्न व्यस्त भए। साथै, सरुमारानी -२ मा वडाअध्यक्षका उम्मेदवार भानुभक्त भुसाल,वडासदस्य पदका उम्मेदवार सहितका कार्यकर्ता घर घरमा पुगेर मतदाताहरुसँग मत मागेका थिए । ०७४ सालको स्थानीय निर्वाचनमा सरस्वती माध्यमिक विद्यालय चाभा हंसपुरको मावि तहको स्थायी शिक्षक पेशा छाडेर उनी उमेदवार थिए र अध्यक्षमा विजयी भए । उनको पहिलो कार्यकाल सफल रुपमा पुरा भएको नागरिकहरु सुनाउँछन् ।यसपाली पनि झग बहादुर विश्वकर्मा अध्यक्षमा लड्दै छन् । चुनाब जितेर ‘अधुरा योजनाहरु सम्पन्न गर्ने’ उनको धोको छ।