अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लामा रहेका सञ्चारकर्मी र निर्वाचन कार्यालय बिच आचार सहिता विषयक अन्तरक्रिया गरिएको छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजना र नेपाल पत्रकार महासंघ गुल्मी र दलित महिला संघ गुल्मीको समन्वयमा आचार सहिता विषयक अअन्तक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत माया कुँवरले सञ्चार आम नागरिक र माध्यमहरुले पालना गर्नुपर्ने आचार सहिता विषयमा जानकारी गराएकी थिइन् । कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मीहरुले आचार सहिताको विषयमा असपष्टता भएका विषयमा जिज्ञासा राखेका थिए ।
एफएम रेडियोमा उम्मेदवारहरुका सूचना प्रसारण गर्दा कसरी प्रसारण गर्ने भन्ने जस्ता विषयमा प्रश्न गरेका थिए । सञ्चारकर्मीहरुले जिल्ला भर हुने निर्वाचन लक्षित सूचनाहरु छिटो छरितो र एकै ठाउँबाट पाउने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले पत्रकारहरु राखेका जिज्ञासाहरुको बारेमा जानकारी गराएका थिए । उनले मिडिया र पत्रकारहरु साझा भएकाले त्यहि अनुसार आफनो व्यवहार प्रस्तुत भएर निर्वाचन आचारसहित पालना गर्न आग्रह गरे ।
उनले कुनै व्यक्ति बिशेषको पक्ष लिएजस्तो गरेर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई सुल्झाए।
गुल्मीमा निर्वाचन आचार सहिता विषयक कार्यक्रम सम्पन्न
गुल्मीमा निर्वाचन आचार सहिता विषयक कार्यक्रम सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया