प्यूठान । स्वर्गद्धारी नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका लागि रामप्रसाद श्रेष्ठ र सत्ता गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका टेकप्रसाद भण्डारीले मनोनयन दर्ता गराएका छन । उपमेयरमा एमालेबाट गौरी भट्टराई, गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका मिन बहादुर पुनले मनोनयन दर्ता गराएका हुन । एमालेबाट वडा अध्यक्षमा क्रमश ः कुल बहादुर पुन, मेघ बहादुर घर्ति, कृष्ण बहादुर रोकाय, सुरेन्द्र हमाल, भरत राउत, भुपलाल गोराथोकी, बीर बहादुर पुन, आनन्द थापा, नरबहादुर बुढाको मनोनयन परेको हो । गठबन्धनबाट वडा अध्यक्षमा १ नं. मा माओवादीका मेघराज जिसी, २ नंं मा जनमोर्चाका बुद्धिमान पुन, ३ नं.मा कांग्रेसका रविलाल खनाल, ४ नं. मा कांग्रेसका सुमन श्रेष्ठ, ५ नं. मा कांग्रेसका गिर बहादुर घर्तिमगर, ६ नं. मा जनमोर्चाका गिर बहादुर गुरुङ, ७ नम्वरमा माओवादीका टेक प्रसाद भट्टराई, ८ नम्वरमा जनमोर्चाका खोप बहादुर राउत र ९ नम्वरमा जनमोर्चाका खिमानन्द योगीको मनोनयन परेको छ ।
स्वर्गद्धारी : एमालेबाट रामप्रसाद, गठबन्धनबाट टेकप्रसादको मेयरमा उम्मेद्वारी
स्वर्गद्धारी : एमालेबाट रामप्रसाद, गठबन्धनबाट टेकप्रसादको मेयरमा उम्मेद्वारी
Advertisement
तपाईको प्रतिक्रिया