प्युठान । नेकपा माओबादी केन्द्रले प्युठान नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ ।
माओबादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारिका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष बिष्णु योगीलाई दिने निर्णय भएको छ ।
योगी लामो समयसम्म शिक्षण पेशामा संलग्न थिए।
प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुन कुमार कक्षपतीसहित पाच जना आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै योगीले टिकट पाएका हुन् ।
कांग्रेसले यस अघि मेयर पदमा पराजीत देबेन्द्र बर्मालाई यसपाली उप- मेयर पदमा अघि सार्ने तयारी गरेको छ ।
आसन्न स्थानिय तहको निर्बाचनमा प्यूठान नगरपालिकामा माओबादि, नेपाली कांग्रेस र राष्ट्रीय जनमोर्चाले चुनाबी तालमेल गरेका छन ।
गठवन्धनबीच प्यूठान नगरपालिकामा कांग्रेसको भागमा ५ वटा वडा, माओवादीलाई तीन वटा वडा र राष्ट्रिय जनमोर्चालाई दुई वटा वडा दिने सहमती भएको छ।
नेकपा एमालेले जिल्ला अध्यक्ष बिजयबिराज बिराज बिस्टलाई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पुर्व प्युठान जिल्ला इन्चार्ज रत्न बहादुर थापा (सुर्य प्रकाश)लाई मेयरको उम्मेदवारको रुपमा अघि सारेको छ ।