दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफूले प्रयोग गर्दै आएको रा १ झ ६१६ नंवरको सरकारी गाडि गाउँपालिकामा बुझाएका छन ।
Advertisement
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचन आचारसंहिता जारी गरेकाले गाडी फिर्ता गरेको अध्यक्ष वलीले बताए ।
वलीले निर्वाचन नजिकिएको सरकारी गाडि प्रयोग गरेर प्रचार प्रसारमा जानु अनुचित हुने बताए ।
साथै उहाँले सुरक्षाको दृष्टिकोण पनि गाडि फिर्ता गरेको जानकारी दिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा वली नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा जितेका थिए ।