• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

सरकारले बजेट कटौती गरेको प्रति पुर्व उपप्रधानमन्त्री रायमाझी आक्रोशित


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी,अर्घाखाँची ।  पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गठबन्धन सरकारले जनताप्रति गद्दारी गरेको आरोप लगाउनु भएको छ ।
    प्रेस चौतारी नेपाल अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा मन्तव्य राख्दै उहाँले एमाले सरकारले जिल्लाको बिकासको निम्ति विनियोजन गरेको बजेट अहिलेको गठबन्धन सरकारले कटौती गरेर जनमत प्रति गम्भीर आघात पुर्याएको बताउनुभयो ।
    उहाँले दलहरुको बीचमा कसले बढी बिकास गर्ने भन्नेमा प्रतिस्पर्धा हुनुपर्नेमा कसरी बिकास निर्माणको काम रोक्न सकिन्छ भनी षड्यन्त्र गर्ने परिपाटीको बिकास भएको प्रति दु:ख व्यक्त गर्दै बिकास बिरोधि दल र त्यसका नेताहरूलाई जनताले चुनावमा ठेगान लगाउने बताउनुभयो ।
    जुनसुकै क्षेत्रबाट जिल्लाको बजेट रोक्ने षड्यन्त्र भएपनि अर्घाखाँचीको बिकास निर्माण नरोकिने भन्दै उहाँले एयरपोर्ट निर्माण ,सालझण्डी ढोरपाटन षडक,जिल्ला अस्पताल ,नौमुले जलविद्युत आयोजना, मदन भण्डारी मार्ग जिल्लामा गौरवका आयोजना भएको बताउनुभयो ।
    नेकपा एमालेका केन्द्रीय सचिव समेत रहनुभएका उहाँले सत्ता साझेदार दलहरू चुनाव देखि डराएको बताउनुभयो । जतिसुकै दलहरू बीच गठबन्धन गरेर चुनावमा गएपनि एमालेलाई जित्न नसक्ने अबस्था आएपछि अनेकौं बहाना बनाएर सत्ता गठबन्धन चुनाव सार्न उद्दत रहेको उहाँको भनाई थियो । रायमाझीले जतिसुकै दलबीच गठबन्धन गरेपनि चुनावमा धुलो चटाउने दावी समेत गर्नुभयो ।
    लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले जिल्लाको बिकासमा बाधक नबन्न गठबन्धन सरकार र यसका नेताहरूलाई अग्रह गर्नुभयो । उहाँले जिल्लाको बिकास र समृद्धिको निम्ति केन्द्र र प्रदेश सरकार बाट विनियोजित करीव १ अर्व ८० करोड बजेट कटौती गरिएको भन्दै गठबन्धन सरकारका कारण जिल्लाको बिकासलाई पछि धकेल्ने काम भएको बताउनुभयो ।
    नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका आचार्यले फरक प्रसंगमा चुनढुङ्गा उत्खननको रोयल्टी कति उठ्यो भनेर जनताले एक एक गरि हिसाब किताब खोज्नुपर्ने भन्दै जनताको सम्पत्तिमा व्यक्तिको रजाइँ अस्वीकार्य हुने चेतावनी समेत दिनु भयो ।
    नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल ,नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पीताम्बर भुसाल , एमाले गण्डकी प्रदेश समितिका सदस्य लिला जि.सी., जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,उपसचिव शम्भु प्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष वसन्त श्रेष्ठ छापेलीको अध्यक्षता ,उपाध्यक्ष करिष्मा खनालको स्वागत मन्तव्य र सहसचिव सिद्धार्थ के.सी. को संचालनमा सम्पन्न भएको थियो ।
    यसैबीच नेकपा एमालेले आज भुमिकास्थानमा नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने भन्दै राष्ट्रघाति ,जनविरोधी दलाललाई तिरस्कार गरि जनताले नेकपा एमालेलाई बलियो साथ दिएको बताए ।
    उनिहरुले बिकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको भन्दै जनतालाई गोलबन्द गरेर अगाडि बढ्न कार्यकर्ताको ध्यानाकर्षण समेत गराए ।
    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,चेतनारायण आचार्य,एमाले नेता रामजी प्रसाद घिमिरे ,जिल्ला अध्यक्ष पीताम्बर भुसाल,भुमिकास्थान नगर कमिटीका ईन्चार्ज खगेश्वर पन्थी ,भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रम नगर कमिटीका अध्यक्ष मणि पौडेलको अध्यक्षता ,उपाध्यक्ष चिरञ्जीवी खनालको स्वागत मन्तव्य र सचिव टामलाल भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
    कार्यक्रम विभिन्न पार्टी परित्याग गरि १ सय ५० जना व्यक्ति नेकपा एमालेमा प्रवेश गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

    Advertisement

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...