दाङ। नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा निर्वाचित हुनुभएको छ।
Advertisement
शनिबार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट बुढा अध्यक्षमा निर्विरोध पुनस् निर्वाचित हुनुभएको हो।
यस्तै उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली निर्वाचित भएको जिल्ला कमिटी सदस्य प्रदीप डाँगीले जानकारी दिनुभयो।
अधिवेशनले ८४ सदस्यीय कमिटी निर्वाचित गरेको छ।