कामनाडेली, काठमाडौं। नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनका लागि बरिष्ट उपाध्यक्षमा उत्तम कुमार कटुवालले उम्मेदवारी घोषणा गरेका छन।
युनियनका वर्तमान केन्द्रीय खुला उपाध्यक्षसमेत रहेका अर्जुनधारा नगरपालिका – ८ झापा निवासी कटुवालले गोपालप्रसाद पोखरेल समूहबाट उम्मेदवारी दिन लागेका हुन् । अध्यक्ष पोखरेल समूहको महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी दिने भएका छन् ।
यस्तै, पोखरेल समुहले युवा सचिवमा भने भुपेन्द्र अधिकारीलाई अगाडि सारेको छ । ईमान्दार र कर्तव्यनिस्ट कर्मचारीको रुपमा छवि बनाएका अधिकारीले रुकुम जस्तो द्धन्दग्रस्त जिल्लामा समेत काम गरेका थिए। युवा सचिब पदका उम्मेद्धार अधिकारी हाल युनियनको केन्द्रीय सदस्य छन।पोखरेल नेतृत्वको समूहमा सचिव पदमा जगतबहादुर पाठक, कुलप्रसाद भट्टराई, झविन्द्र पोखरेल, दिनेश पोखरेल, कृष्ण सेजुवाल, हरि क्षेत्रीलगायतका आकांक्षी देखिएका छन्।
त्यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश नं १ बाट मानबहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट दीपकराज मिश्र, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का, हरि क्षेत्री र कृष्ण सेजुवाल आंकाक्षि देखिएका छन। तर, उम्मेदारको टुङ्गो भने लागिसकेको छैन। सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ ।
युुनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ ।